कैदीबन्दीलाई कारागारमै मतदान गर्ने ब्यवस्था, स्याङ्जामा १७ कैदीबन्दीले मतदान गर्ने

अर्जुन काफ्ले
स्याङ्जा,१८ फागुन- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । पुतलीबजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारमा विभिन्न मुद्दामा चार महिलासहित १६४ कैदीबन्दी रहेकोमा मात्र १७ जनाले मतादान गर्न पाउने भएका हुन् ।

यहाँ रहेका कैदीबन्दीमध्ये मतदाता परिचय पत्र बनाएको र स्थायी मतदाता नामावलीमा नाम सवावेस भएकाले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाले बताउनुभयो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये मतदान गर्ने सबै पुरुष मात्र रहेको र सबैले समानुपातिक मतदान गर्ने थापाले बताउनुभयो ।यहाँ निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीलसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट सङ्कलित विवरणका आधारमा अस्थायी केन्द्र रहेको स्याङ्जा कारागारमा रहेका कैदीबन्दीसहित एक हजार ८५९ जना अस्थायी मतदाता रहेका छन् ।

अस्थायी मतदातामध्ये निर्वाचनमा नखटिएका कर्मचारीले कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने छन् । स्याङ्जाको क्षेत्र नं— १ मा एक लाख ३० हजार ८८६ र निर्वाचन क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सुरक्षाको दृष्टिले ३२२ मतदान केन्द्रमध्ये ५६ अतिसंवेदनशील र ७१ संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal