मुस्ताङको कागबेनीमा बाढीले १० घर सहित निर्माणाधीन पुल बगायो
ठाकुरप्रसाद आचार्य
म्याग्दी,२९ साउन- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती १० घर सहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ ।
गाउँपालिका केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा आइतबार राती ८ बजे काग खोलाबाट आएको बाढीले घर,सार्वजनिक भवन र पुलमा क्षति पुर्याएको वारागुङ मक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक सय घरधुरी रहेको कागबेनीको बिच बस्तीमा काग खोलाको बाढी पसेको छ ।
आइतबार राती ८ बजे भारी वर्षापछि काग खोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको थियो उहाँले भन्नुभयो,‘‘१० वटा घर,निर्माणाधीन एउटा पक्की पुल र सडक बगाएको खबर आएको छ । खोला आसपासका धेरै घरहरूमा बाढी पसेको छ ।’’ माथिल्लो मुस्ताङ जाने कागबेनी र छुसाङ जोड्ने निर्माणाधीन पक्की पुल बाढीले बगाएको पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।
अहिले बिहानै बाढीग्रस्त क्षेत्र तर्फ जनप्रतिनिधि सहितको टोली हिँडेको पालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बाढीले धेरै नै क्षति पुर्याएको खबर आएको छ । राती अबेर सम्म स्थानीयवासी र सुरक्षाकर्मीहरूले उद्धारको काम गर्नुभएको छ । मानवीय क्षति भने हुन पाएको छैन । म अहिले बाढीग्रस्त क्षेत्र तर्फ हिँडेको छु ।’’ उहाँका अनुसार बाढी बस्तीमा पसेपछि आइतबार साँझ स्थानीयवासी भागाभाग गरेका थिए ।
मुक्तिनाथको शिर हुँदै बहने वारागुङ मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो ।
बस्तीमा बाढी पसेपछि स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको उहाँले बताउनुभयो । मानवीय क्षति नभए पनि बाढीले भौतिक संरचनामा क्षति पुर्याएको उहाँले बताउनुभयो । नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित जनप्रतिनिधिहरू उद्धारमा खटिएका छन् ।
बाढीले पोल बगाएको हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध भएको छ । सिँचाइको नहर,गुम्बामा पनि बाढीले क्षति गरेको छ । कागबेनीको जनशान्ति माविका शिक्षक मनवीर किसानले कागबेनीको पुजा स्थल,पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिनुभयो । बाढी आएपछि छात्रावासका शिक्षक र विद्यार्थीहरू सुरक्षित ठाउँमा गएर बसेको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार कागबेनीमा रहेको प्रहरी चौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ । एउटा झोलुङ्गे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ । झोङ भन्ने स्थानमा पहिरो गई काग खोलामा मिसिएपछि बाढी तल कागबेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले दिएको जानकारी अनुसार कागबेनी र जोमसोमको सम्पर्क विच्छेद भएको छ । उहाँले भन्नुभयो, ‘‘बाढीले सडक र विद्युत् पोल बगाएकाले कागबेनीमा पुग्न समस्या भएको छ ।’’
बाढीले बिजुलीको तार पोल बगाएकोले विद्युत् आपूर्ति रोकिएको छ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले भन्नुभयो, ‘कागबेनी र जोमसोम बिचमा पर्ने पाण्डाखोलामा आएको बाढीले जिल्लाबाट थप सहयोग पठाउनसमेत समस्या भएको छ ।’कागबेनी माथिका शाखा खोलाको बहाव उच्च हुँदा कालिगण्डकी नदीको सतह समेत उच्च भएको बताइएको छ । कागबेनी माथिको शाखा खोला थुनिएको थाहा पाएपछि जोमसोम बजारमा समेत बाढीको त्रास बढेको बताइएको छ ।गोप
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















