कोरला नाका तीन दिन बन्द हुने
हरिकृष्ण शर्मा
मुक्तिनाथ,१८ फागुन- यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन चिनसँग सिमाना जोडिएको कोरला नाका बन्द गरिने भएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा रहेको नेपाल–चीन २४ नम्बरको कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चिनसँग सीमा जोडिएका कोरलासहित आसपासका क्षेत्रका सीमा क्षेत्रमा कडाइ गरिने बताउनुभयो । नाका बन्द भएको अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ ।
समुद्रीसतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाका क्षेत्रमा रहेका स्थानीयसमेत सो अवधिमा बस्तीमा झर्ने भएका छन् । सदरमुकाम जोमसोम–कोरला ११० किमी सडकखण्ड क्षेत्रमा फागुन २० गते राति १२ बजेदेखि २१ गते मतदान सम्पन्न नहुदाँसम्मका लागि बन्द गरिने छ ।
यसैबिच कोरला नाका बन्दका बारेमा चिनियाँ अधिकारीलाई समेत जानकारी गराउने र आवश्यकता अनुसार संयुक्त गस्तीसमेत गरिने छ । हाल उपल्लो मुस्ताङमा निर्वाचनलक्षित बेसक्याम्प बनाएर बसेको नेपाली सेनाको इन्द्र बक्स गणसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको निर्वाचनलक्षित गस्तीसहित निगरानीसमेत बढाइएको छ ।
निर्वाचनको सुरक्षालाई हेरेर मुस्ताङमा छ दिनका लागि मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सेवनमा पूर्ण रूपमा रोक लगाइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जारी सूचनामा निर्वाचन मतपरिणाम सार्वजनिक नहुँदासम्म मदिराजन्य पदार्थको सेवन तथा बिक्रीवितरणलाई पूर्ण रूपमा निषेध गरिएको हो । फागुन १५ गतेदेखि २१ गते बिहीबार मतगणना सम्पन्न नहुँदासम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सेवन गर्नेलाई कडा निगरानीमा राखिने सहायक प्रजिअ भण्डारीको भनाइ छ ।गोप
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















