पोशाकमा एकरूपता संगै सूचना प्रणाली सुदृढीकरणमा वालिङ नगरपालिका
सुशील सुवेदी
वालिङ,१० फागुन- वालिङ नगरपालिकाको आयोजनामा संस्थागत शिक्षा व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगरभित्रका ६५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले शैक्षिक सुधारलाई प्रभावकारी बनाउन तथ्यांकमा आधारित सूचना प्रणाली सुदृढीकरण आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यथार्थ तथ्यांक बिना प्रभावकारी योजना सम्भव हुँदैन। यो प्रणालीले विद्यालय अनुगमन र मूल्यांकनलाई व्यवस्थित बनाएको छ।”
उहाँले विद्यालयमा पोशाकमा एकरूपता ल्याउन सबै विद्यार्थीलाई एउटै रङको ड्रेस व्यवस्था गर्ने योजना अघि सारिएको जानकारी दिनुभयो। साथै गाउँ–गाउँबाट विद्यालय आउने विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै अटो चालकलाई गुलाबी ड्रेस उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। “विद्यार्थीको सुरक्षा र पहिचान हाम्रो प्राथमिकता हो,” उहाँले थप्नुभयो।
उपप्रमुख गैह्रेले शैक्षिक सुधारसँगै सभ्यता, अनुशासन र जिम्मेवारीबोधलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै शिक्षा व्यवहारमा देखिनुपर्ने धारणा राख्नुभयो।
शिक्षा अधिकृत गीता पाठक ले सूचना प्रणालीमार्फत विद्यार्थी, शिक्षक र विद्यालयका भौतिक पूर्वाधारसम्बन्धी विवरण अद्यावधिक राख्न सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यसले योजना निर्माण र स्रोत व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाएको छ।”
जनहित आधारभूत विद्यालयका प्रधानाध्यापक चोलाकान्त रिजालले कार्यक्रम उपयोगी रहेको बताउँदै भन्नुभयो, “यो प्रणालीले विद्यालयको वास्तविक अवस्था पहिचान गर्न र दीर्घकालीन योजना बनाउन सहयोग पुर्याउँछ।”
त्यसैगरी जनप्रिय आधारभूत विद्यालय की शिक्षिका सिर्जना गौडेल ले यस्ता कार्यक्रमले शिक्षकलाई प्रविधि प्रयोगमा दक्ष बनाउने बताउनुभयो। “प्रविधि प्रयोगमा सहजता आएपछि विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार देखिन्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागीहरूले प्रणाली प्रयोग, तथ्यांक प्रविष्टि तथा व्यवस्थापनसम्बन्धी जानकारी लिएका थिए। नगरपालिकाले शिक्षा क्षेत्र सुधारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
ताजा
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै
२०८३ श्रावण ९ गते, शनिबार
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै
२०८३ श्रावण ९ गते, शनिबार
अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म
२०८३ श्रावण ८ गते, शुक्रबार
धुर्कोट ग्रेटवाल निर्माण
२०८३ श्रावण ६ गते, बुधबार
हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण ६ गते, बुधबार
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०८३ श्रावण ५ गते, मंगलवार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार





















