वालिङमा निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न।
वालिङ,१४ फागुन- वालिङमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ स्याङ्जाको संयोजनमा निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका बाेर्ड सदस्य केशव शरण लामिछानेले निर्वाचनका बेला पत्रकार तथा संचार माध्यमले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा सहजीकरण गर्नुभएको थियो ।

निर्वाचन सम्पन्न गर्न आम संचार तथा संचारकर्मीहरुको महत्वपुर्ण भूमिका हुने भएकाले पत्रकारहरुले आफ्नो आचारसंहितामा रहेर काम गर्नुपर्ने कार्यक्रममा सहभागि वक्ताहरुको भनाई रहेकाे थियो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत उपेन्द्र गौतमले राज्यको चौँथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
मतदाताहलाई मतदाता शिक्षा सुसूचित गर्नेदेखि उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिताको विषयमा सचेत बनाउँदै निर्वाचनलाई स्वच्छ ढंगबाट सम्पन्न गराउन पत्रकारिता क्षेत्रको पनि उत्तिकै भूमिका रहने गौतमले बताउनुभयो । सामाजिक संजालको प्रयोग बढ्दाे क्रममा रहेकाेले पाठक, दर्शक तथा स्रोताहरुलाई विश्वसनीय सूचना प्रशारण तथा संप्रेशरण गर्ने आधिकारिक संस्थानहरु रेडियो, टिभी, पत्रपत्रिका र अनलाइन संचार माध्यमहरुले आफ्नाे विश्वासनियता कायम राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले मतदाताहरुलाई पूर्ण सचेत बनाउँदै स्वच्छ वातावरणमा आफ्नो मताधिकारको प्रयोग गर्ने वातावरण निर्माण गर्न संचार जगतको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कार्यक्रम प्रेस काउन्सिलका बाेर्ड सदस्य एवं गण्डकी प्रदेश संयोजक भीमलाले काउन्सिलले आफ्नाे क्षमताले सकेजती काम गरेकाे बताउदै पत्रकार एक मर्यादित पेशा भएकाले काम बाटै आफ्नाे परिचय दिनुपर्नेमा जाेड दिनुभयाे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले स्याङ्जामा पत्रकारहरुले कुनै प्रकारको आचारसंहिता उल्लङघन नगरेको बताउदै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्लाका संचार कर्मी एक भएर लाग्ने बताउनुभयाे।
कार्यक्रमको विषयमा काउन्सिलका बाेर्ड सदस्य विजयराज अधिकारीले प्रकाश पार्नुभएको थियो ।
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















