अन्तर्राष्ट्रिय उडान अनिश्चित
काठमाडौँ,१८ फागुन- संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि नेपालबाट पश्चिम एसिया क्षेत्रमा हुँदै आएको हवाई सेवा व्यापक रूपमा प्रभावित भएको छ । अमेरिका र इजरायलले इरानका सैन्य तथा आणविक पूर्वाधारमाथि शनिबार गरेको हवाई आक्रमणको प्रत्युत्तरमा इरानले अमेरिकी सैन्य अखडा, विमानस्थललगायतका सहयोगी संरचनामाथि गरेको मिसाइल र ड्रोन आक्रमणपछि कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबलगायतका देशले आफ्नो हवाई आकाश बन्द गर्दा आइतबार काठमाडौँमा ओहोरदोहोर गर्ने २३ वटा उडान हुन सकेनन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार पश्चिम एसियाबाट काठमाडौँ र काठमाडौँबाट पश्चिम एसियाका विभिन्न देशमा उडान तालिका रहेका २३ वटा उडान रद्द हुँदा करिब तीन हजार आठ सय हाराहारी यात्रुको उडान रोकिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “पछिल्लो २४ घण्टाको घटनाक्रम अनुसार कतिपय मध्यपूर्वका देशले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन् । जसका कारण नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमा हवाई यातायातमा ठुलो अवरोध हुँदा हजारौँ उडान ढिलाइ वा रद्द भएका छन् । त्यसबाट नेपालसमेत अछुतो नरहेकाले नियमित उडान कहिलेबाट हुन्छ भन्नेबारे अन्योलबिच शनिबार १८ र आइतबार २३ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।” इरान, इराक, इजरायल, सिरिया, कुवेत र संयुक्त अरब इमिरेट्सले शनिबारको आक्रमणपछि आफ्नो आकाश नियन्त्रणमा राख्ने घोषणा खुकुलो नभएसम्म उडान अनिश्चित रहेको बताउँदै उहाँले हवाई क्षेत्र प्रतिबन्ध जारी रहेमा थप उडानसमेत प्रभावित हुन सक्ने जनाउनुभयो ।
विमानस्थल प्रशासनले सम्बन्धित एयरलाइन्ससँग समन्वय गरी वैकल्पिक उडान, पुनः बुकिङ तथा यात्रु व्यवस्थापनको काम भइरहेको जनाउँदै उहाँले यात्रुलाई उडान अवस्थाबारे अद्यावधिक जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनी र ट्राभल एजेन्सीसँग सम्पर्क राख्न आग्रह गर्नुभयो । उडान नियमित भएसँगै विभिन्न गन्तव्यमा थप उडानमार्फत यात्रुको व्यवस्थापन हुने उहाँको भनाइ छ । उडान रद्द भएपछि शनिबारदेखि नै सयौँ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । आइतबार अबेरसम्म पनि उडान नियमित हुनेबारे स्पष्ट नहुँदा यात्रुहरू घर फर्किने कि उडानको प्रतीक्षामा बस्ने भन्नेबारे अन्योलमा छन् ।गोप
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















