२२औं फिफा विश्वकप फुटबलको च्याम्पियन अर्जेन्टिना
काठमाडौँ, ४ पुस– कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार राति भएको २२औं फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । छिनमै जित, छिनमै हार जस्तो सनसनीपूर्ण फाइनल खेलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । निर्धारित ९० मिनेटमा खेल २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर सकिएको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले चार गोल गर्दा फ्रान्सले दुईवटा मात्र गोल गर्न सक्यो । फ्रान्सका दुईवटा प्रहार विफल बनेको थियो ।
निर्धारित समयमा अर्जेन्टिनाका लागि लियाेनल मेस्सीले दुई तथा एन्जल डि मारियाले गोल गर्नुभयो । फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गर्नुभयो । रोचक खेलमा मेस्सीले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।
डिबक्सभित्र फ्रान्सका औसमाने डेम्बेलेले डि मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सही सदुपयोग गर्नुभयो ।
त्यसपछि डि मारियाले ३६औं मिनेटमा काउन्टर प्रहारमा उत्कृष्ट गोल गर्दै पहिलो हाफमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयोे । उहाँले म्याक एलिस्टरको पासमा गोल गर्नुभएको हो ।
पहिलो हाफमा अर्जेन्टिनाको तुलनामा फितलो देखिएको फ्रान्सले पहिलो हाफमा गोल गर्न लायक अवसर बनाउन सकेको थिएन ।
निर्धारत समयको १० मिनेट बाँकी छँदा खेलमा फर्किएको फ्रान्सका लागि एमबाप्पेले दुई मिनेटमो अन्तरमा दुई गोल गर्नुभयो । एमबाप्पेले ८०औं मिनेटमा पेनाल्टी र ८१औं मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।
त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा मेस्सीले एक सय आठौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाउनुभयो । तर, एक सय १८औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा ह्याट्रिक पूरा गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।
पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गर्नुभयो । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गर्नुभयो । किन्सले कोम्यान र अरुलिन चुवामेनी चुक्नुभएको थियो । एजेन्सी/गाेप
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















