२२औं फिफा विश्वकप फुटबलको च्याम्पियन अर्जेन्टिना

काठमाडौँ, ४ पुस– कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार राति भएको २२औं फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । छिनमै जित, छिनमै हार जस्तो सनसनीपूर्ण फाइनल खेलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । निर्धारित ९० मिनेटमा खेल २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर सकिएको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले चार गोल गर्दा फ्रान्सले दुईवटा मात्र गोल गर्न सक्यो । फ्रान्सका दुईवटा प्रहार विफल बनेको थियो ।
निर्धारित समयमा अर्जेन्टिनाका लागि लियाेनल मेस्सीले दुई तथा एन्जल डि मारियाले गोल गर्नुभयो । फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गर्नुभयो । रोचक खेलमा मेस्सीले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।
डिबक्सभित्र फ्रान्सका औसमाने डेम्बेलेले डि मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सही सदुपयोग गर्नुभयो ।
त्यसपछि डि मारियाले ३६औं मिनेटमा काउन्टर प्रहारमा उत्कृष्ट गोल गर्दै पहिलो हाफमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयोे । उहाँले म्याक एलिस्टरको पासमा गोल गर्नुभएको हो ।
पहिलो हाफमा अर्जेन्टिनाको तुलनामा फितलो देखिएको फ्रान्सले पहिलो हाफमा गोल गर्न लायक अवसर बनाउन सकेको थिएन ।
निर्धारत समयको १० मिनेट बाँकी छँदा खेलमा फर्किएको फ्रान्सका लागि एमबाप्पेले दुई मिनेटमो अन्तरमा दुई गोल गर्नुभयो । एमबाप्पेले ८०औं मिनेटमा पेनाल्टी र ८१औं मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।
त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा मेस्सीले एक सय आठौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाउनुभयो । तर, एक सय १८औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा ह्याट्रिक पूरा गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।
पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गर्नुभयो । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गर्नुभयो । किन्सले कोम्यान र अरुलिन चुवामेनी चुक्नुभएको थियो । एजेन्सी/गाेप
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार