पहिलो हाफमा अर्जेन्टिना २-० गोलले अगाडि

काठमाडौं,३ पुस– फिफा विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । कतारको दोहा स्थित लुसेल स्टेडियममा जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले २-० गोलको अग्रता लिएको छ ।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र एन्जल डि मारियाले गोल गर्नुभयो । मेस्सीले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।

डिबक्सभित्र फ्रान्सका औसमाने डेम्बेलेले डि मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सही सदुपयोग गर्नुभयो ।

त्यसपछि डि मारियाले ३६औं मिनेटमा काउन्टर प्रहारमा उत्कृष्ट गोल गर्दै पहिलो हाफमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयोे । उहाँले म्याक एलिस्टरको पासमा गोल गर्नुभएको हो ।

अर्जेन्टिनाको तुलनामा फितलो देखिएको फ्रान्सले पहिलो हाफमा गोल गर्न लायक अवसर बनाउन सकेको छैन । एजेन्सी

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal