चिसो र यसबाट लाग्ने दीर्घरोगबाट बच्ने यस्ता छन् उपाय

सिर्जना खत्री

काठमाडौं,१ पुस– जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । जाडोमा ब्याक्टेरिया र भाइरस सक्रिय हुने हुँदा विभिन्न स्वास्थ्य समस्या देखिने हुनाले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सका अनुसार जाडोमा मौसम परिवर्तनसँगै इन्फ्ल्युन्जाका र भाइरसका कीटाणु सक्रिय हुन्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जाडो मौसममा सरुवा रोगमा श्वासप्रश्वास र पेटसम्बन्धी समस्या बढी देखिने बताउनुभयो ।  

उहाँले भन्नुभयो, “जाडो मौसममा विशेषतः दुई प्रकारका सरुवा रोग श्वासप्रश्वास र पेट सम्बन्धी विभिन्न समस्याले बढी सताउँछ ।” उहाँका अनुसार श्वासप्रश्वाससम्बन्धी समस्यामा रुघाखोकी, सामान्य भाइरस, फ्लु घाँटी दुख्ने, पिनास, टन्सिललगायतका देखिने गर्छ ।  

जाडो मौसममा विशेषतः दुई प्रकारका सरुवा रोग श्वासप्रश्वास र पेटसम्बन्धी विभिन्न समस्याले बढी सताउँछ ।

त्यसैगरी, पेटसम्बन्धी समस्यामा पेट दुख्ने, डाइरिया हुने, वान्ता हुने, पखाला लाग्ने, बच्चालाई रोटा भाइरस र वयस्कहरुलाई नोरो भाइरस देखिने डा. पुनको भनाइ छ । जाडोमा स्क्रब टाइफसको समस्या पनि देखिने उहाँले बताउनुभयो ।  

जाडोमा दीर्घरोग बढ्ने जोखिम  

वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. ध्रुव गैरेले जाडोमा दीर्घरोगहरु बढ्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, “जाडोयाममा चिसो बढी हुनेभएकाले शारीरिक व्यायाम कम हुने र खाना पनि अन्य बेलाभन्दा बढी खाइने भएकाले मधुमेह, उच्च रक्तचाप, मुटुरोग, बाथरोगजस्ता समस्या बढ्छ ।”

जाडोमा सीओपीडी सम्बन्धी समस्या बढ्ने दम लगायतका छातीसम्बन्धी समस्या बढेर निमोनिया हुने डा. गैरेको भनाइ छ । चिसोमा आँखाको सङ्क्रमण पनि बढ्ने गर्छ । चिसो हावा र सुख्खा हावाले आँखा रातो हुने, पोल्ने, सुख्खा हुने समस्या बढी देखिने चिकित्सकहरु बताउँछन् । त्यसका अतिरिक्त जाडोमा सुख्खा मौसम हुने हुँदा आँखामा धुलो धुवाँले गर्दा विभिन्न समस्या देखिने गर्छ ।

चिसोले गर्दा रगतको नसा खुम्चिने र व्यायाम कम हुने कारणले हृदयघातलगायतका मुटुसम्बन्धी समस्या बढ्ने चिकित्सकहरुको भनाइ छ । 

चिसोमा हृदयघातको जोखिम 

चिसोले गर्दा रगतको नसा खुम्चिने र व्यायाम कम हुने कारणले हृदयघातलगायतका मुटुसम्बन्धी समस्या बढ्ने चिकित्सकहरुको भनाइ छ । त्यसका साथै जाडोमा नसासम्बन्धी र जोर्नीसम्बन्धी समस्या बढ्ने गर्छन् । जोर्नी दुखाइ र बाथ रोगले चिसोमा विशेषगरी ज्येष्ठ नागरिकलाई बढी सताउने चिकित्सक बताउँछन् । 

जाडोमा छालारोग 

छाला तथा यौनरोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठले जाडो मौसममा सुख्खा छाला हुनुका साथै हात, खुट्टा, ओठ फुट्ने जस्ता समस्या बढी देखिने बताउनुभयो । त्यसबाहेक, छाला खस्रो हुने, चिलाउने, शरीरबाट पाप्रा निस्कने, चिसोले हातखुट्टा सुन्निने, रातो फोका आउने, छालामा नीलो र रातो डाम देखिने, एलर्जी हुनेजस्ता समस्या देखिने डा. श्रेष्ठको भनाइ छ । 

उहाँका अनुसार यो मौसममा हातखुट्टा, कान, नाक, मुखलगायत कपडाले नछोपिने भागमा बढी असर गर्ने गर्छ । धेरै चिसोमा मानिसले कम पानी पिउँदा र खानपानमा ध्यान नदिँदा छालामा समस्या देखिन्छ ।

जोखिम समूह

रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी प्रभावित हुने फिजिसियन डा. गैरेले बताउनुभयो । बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई चिसोले बढी सताउने हुँदा विशेष ध्यान दिन चिकित्सको सुझाव छ । चिसोमा तराई र मध्यपहाडी जिल्लाहरु बढी प्रभावित हुनेहुँदा चिसोबाट बच्न चिकित्सकले सुझाव दिनुभएको छ । 

विशेषगरी, मोटरसाइकल, स्कुटर चलाउनेहरुलाई सिधा छातीमा असर गर्ने हुँदा छाती बचाउन चेस्ट गार्ड र हावा नछिर्ने, ज्याकेटको प्रयोग गर्न चिकित्सको सुझाव छ । 

चिसोबाट कसरी बच्ने 

चिसोबाट बच्न अनावश्यक काम बाहेक अन्य बेला घरबाट बाहिर ननिस्कन र निस्कनुपरेमा न्यानो लुगा लगाएर हिँड्न डा. गैरेको सुझाव छ । उहाँका अनुसार जाडोमा छातीसम्बन्धी समस्या देखिन सक्छ  । त्यसैले विशेषगरी, मोटरसाइकल, स्कुटर चलाउनेहरुलाई सिधा छातीमा असर गर्ने हुँदा छाती बचाउन चेस्ट गार्ड र हावा नछिर्ने, ज्याकेटको प्रयोग गर्न चिकित्सको सुझाव छ । 

बालबालिका र ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बिहान–बेलुका विशेष ध्यान दिनुपर्ने डा. गैरेको सुझाव छ । उहाँ भन्नुहुन्छ, “गर्भवती, बालबालिका, ज्येष्ठ नागरिकलाई राति सुत्दा न्यानो लुगा लगाइदिने राति बेला–बेलामा लुगा ओढे नओढेको जाँच गर्नुपर्छ ।” 

त्यस्तै, जाडोमा हुस्सु लाग्ने र शीत पर्ने हुँदा बिहानै मर्निङवाक नजान डा. गैरेको सुझाव छ । उहाँ भन्नुहुन्छ, “बिहानै हिँड्दा अत्यधिक चिसोले रक्तनली साँघुरिएर मुटुमा समस्या आउने र हृदयघातसमेत हुने सम्भावना बढ्ने भएकाले बिहानभन्दा घाम लागेपछि न्यानो लुगा लगाएर मर्निङवाकमा जानु उपयुक्त हुन्छ ।” 

जाडोमा जोर्नी दुख्ने समस्या पनि धेरैमा देखिन्छ । यस्तो समस्याबाट बच्न न्यानो भई बस्न आगो, हिटर, घाम ताप्न चिकित्सकको सुझाव छ । 

बिहानै हिँड्दा अत्यधिक चिसोले रक्तनली साँघुरिएर मुटुमा समस्या आउने र हृदयघातसमेत हुने सम्भावना बढ्ने भएकाले बिहानभन्दा घाम लागेपछि न्यानो लुगा लगाएर मर्निङवाकमा जानु उपयुक्त हुन्छ ।

प्रोटिनयुक्त खानेकुरा खाने

जाडोमा प्रोटिनयुक्त खानेकुराले शरीरमा तातोपन बढाउने हुँदा प्रोटिनयुक्त खानेकुरा खान चिकित्सको सुझाव छ । चिसोबाट बच्न तातो झोलिलो खानेकुरा तथा सागसब्जी प्रशस्त खाने, गेडागुडीको झोल बनाएर बेलाबेलामा खाँदा शरीर तातो बनाउन मद्दत गर्ने चिकित्सकहरु बताउँछन् । 

काममा हिंड्नुपर्ने मानिसलाई तातो लुगा लगाउने, बेला–बेला कालो चिया, कफी पिउने, तातो पानी पिउने गर्न चिकित्सकले सुझाव दिनुभएको छ । घाम लागेको बेलामा घाम तापेर बस्ने, आगो ताप्ने शरीरको तापक्रम सन्तुलन बनाएर राख्न चिकित्सको सुझाव छ । छालालाई न्यानो बनाउने बेला–बेलामा म्योस्चराइज क्रिम लगाउन चिकित्सकको सुझाव छ ।गोप 

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal