जर्ज अर्वेलको उपन्यास, एनिमल फर्म पढेपछि !

खुमकान्त अर्याल
के के कुराहरूको तनावले जोन्स आजकल धेरै रक्सि पिउछन र पशु फारममा नियमित दानापानी दिन भ्याउदैनन् र कम वास्ता गर्छन । उनका नोकरहरू पनि सही ढंगले काम गर्न छाडेकाछन् यसले गर्दा फारमका पशुहरू भोक प्यासले आत्तिने गरेकाछन् ।
उनको यो फारममा सुंगुर, घोडा, भेडा,कुकुर बिरालो, कुखुरा, काग लगायतका धेरै पशुपंक्षीहरू छन् । २५ जुनको राती भोकाएका पशुहरुले डन्ड्याङ र डुन्डुङ गर्देै गोदाममा दाना र घाँसकोे लागि उधिन्न र खोस्रन थाले । फारम भित्रका पशुहरुको यो आवाजले मालिक जोंस विउझन्छन र नोकरहरु सहित हातमा वन्दुक र लाठी लिएर भित्र पस्छन् । उनीहरुले ती हतियारले पशुहरु माथि नियन्त्रण गर्ने प्रयास गर्छन तर उल्टै पशुहरुले कसैले सिङले त कसैले टाउको र खुट्टाले हानेर घाइते वनाइदिन्छन वेस्करी ।
केही बेरको लडाइमा केही पशुहरु पनि घाइते भए तर लड्न नसकेर जोन्स र उनका नोकरहरु त्यहाँबाट भागेर बाहिर गए । मानिस र पशुहरु बिचको यो अनौठो लडाइमा पशुहरुले जितेर फारम कव्जामा लिन सफल भए । फारम भित्रको सवै भन्दा मटो र जेठोवाठो मेजर नामको सुगुरले केही महिना अगाडि पशुहरुको एक गोप्य सभा गरेको थियो ।
सभामा मानिसले कसरि हामी पशुहरुलाई कम खाना दिइकन कठोरतापुर्वक कज्याउने गर्दछन, मार्छन, वेच्छन भनिकन समझाए । हाम्रो आँफ्नो स्वेच्छामा न त खान पाउँछौ न घुम्न खेल्न, हाम्रो उपयोगिता सकिने वित्तिकै क्रुरतापुर्वक हामीलाई मारिन्छ । त्यसैले मानिसहरु नै पशुहरुको शत्रु भएकोले यिनीहरुलाई जसरी पनि हाम्रो रस्ताबाट हटाउनु पर्दछ । तव मात्र भोक प्यास, अल्प आयु तथा अतिश्रमको कष्टबाट हामी पशुहरु मुक्त हुन सक्छौं ।
सभामा मेजरको यो भाषण सुनेपछि सवै पशुहरुको आँखा खुल्यो र उन्मुक्त जीवनको कल्पना गर्न थाले । गोप्यरुपमा यस्ता १÷२ सभाहरु भए जतिबेला रातमा मालिक जोंस रक्सिको नशामा डुवेर निदाएका हुन्थे । यस्तैमा मेजरको मृत्यु हुन्छ जे होस पशुहरुमा विद्रोहको वीज उसले भरिसकेको थियो । विद्रोह कुन दिनमा गर्ने यस्तो निधो भैसकेको त थिएन तैपनि मौकाको प्रतीक्षामा थिए । भोकको छटपटाहटमा खानेकुरा खोज्दा अनायासै त्यसदिन मालिक संग दोहोरो भिडन्त भएको थियो । अन्ततः त्यही दिनको मालिक जोंस संगको खाना खोज्दाको भिडन्तले नै पशु क्रान्ती सम्पन्न गर्ने घटना हुन पुग्यो ।
फारमबाट मालिकलाई लखेटेर आजाद भएको खुसीमा पशुहरु कोही पुछार ठड्याउदै खेतवारीका गराहरुमा उफ्रन थाले भने कोही घाँसे चउरमा आमोद प्रमोद गर्न थाले । यस्तो उनीहरुले कहिल्यै होला भन्ने सोचेका पनि थिएनन, यो एक सर्वथा नौलो घटना थियो । खुसी र प्रमादको यो क्षणमा उनीहरु इँङल्यान्डका पशु, आयर ल्यान्डका पशु, देश देश र विभिन्न जलवायुका पशु, खुसीले भरिएको कुरा सुन, स्वर्णीम भविष्यको कुरा सुन भन्दै गीतहरु गाए । पशुहरु मध्ये सुंगुरहरु अरु जाति भन्दा बुद्धिमानी र चलाक भएकोले यो लडाइको संयोजन नेपोलीयन र स्नोवल नामका २ सुगुरहरुले गरेका थिए । दिनभर चौर र खेतीवालीमा रमाइलो गरिसकेपछि सतर्कतापुर्वक फारममा फकिए ।
हिजो सम्म मानव मालिकको व्यवस्थापनमा चलेको पशु फर्म आँफैले चलाउनको लागि केही सिद्धान्त तथा धर्म आदेश बनाउन आवस्यक ठाने । सवैको परामर्श पछि १० मानिस सत्रु हो, २०४ खुट्टा भएको र प्वाँख भएको मित्र हो, ३० पशुले कपडा नलगाउने, ४०च्यादरमा नसु्त्ने, ५० रक्सी नखाने, ६० कपडा नलगाउने, ७० पशुलाई नमार्ने र सबै पशुलाई बराबर मान्ने, निर्णय भयो र यसैलाई पशुवादको मुख्य आदर्श मानियो । पशुहरुको श्रमको समय किटान गरियो र सुविधा सहित रिटायर्ड गर्ने नियम राखियो । अव आइन्दा यसै आधारमा पशु समाज चल्ने र सवैले अनुसरण गर्नुपर्ने सपथ पनि खाए ।
आधा पेट खाएर कष्टसाध्य श्रम गर्दाको पिडा, आँफ्ना वच्चाहरुले पाउनु पर्ने दुध तथा फुलहरु खोसिनु, अल्पआयुमा नै वुच्चडखानामा गएर मारिनु, आँफ्नै अगाडिबाट वालवालिका तथा सम्वन्धीको हत्या, मालिकको कोर्रा जस्ता अत्याचारबाट मुक्त भएका पशुहरुको जीवनको ढर्रा अव पुरै वदलिएको थियो । तर मानिसहरुबाट हुन सक्ने आक्रमणबाट वचाउन र पशुको नियन्त्रणमा फारम चल्न सक्छ भन्ने नमूना देखाउनको लागि धेरै चुनौतिहरु थियो ।
यसर्थ यसका वारे पटक पटक छलफल गनरे, नियमित वैठक गर्ने र यसको नेतृत्व गर्न नेपोलीयनको हातमा सुम्पियो । नेतृत्व नेपोलीयनको हातमा सुम्पेता पनि स्नोवल धेरै चतुर र सृजनात्मक चिन्तन भएको सुंगुर थियो । उसले नयाँ वतास मिलको कल्पना पनि गरेको थियो जसबाट कुटानी पिसानी गरि पशुहरुको श्रम घट्न सक्थ्यो र फर्मको आम्दानी वढ्न सक्थ्यो । नेपोलीयन र स्नोवलले केही दिनमा नै केही अक्षरहरु पढ्न र लेख्न समेत भित्रभित्रै सिकेका पनि थिए । तर चतुर स्नोवललाई मराएर नेपोलीयन एकछत्र शासन गर्न चाहन्थ्यो, यसर्थ अनेक आरोप लगाएर स्नोवललाई षडयन्त्र गरि नेपालीयनले मरायो । समयक्रम वित्दै जाँदा नेपोलीयनले अरुको दानापानी र हक घटाएर सुंगुरहरुलाइ वढी अधिकार र सुविधा दिन थाल्यो । अरु पशुहरुको दाना घटाउने , श्रमको समय वढाउने र यसका वारेमा गुनासो गरेमा उनीहरुलाई धम्काउन थालियो । यो विभेदले पशुहरु वरावर भन्ने नियमको पहिलो उधलंकन भयो । फारम भित्र उत्पादित दूध फुल तथा दाना उनै पशुहरुले उपभोग गरिने भनिएकोमा शत्रु वर्ग घोषित मानिसहरुलाई वेचेर पैसाको कारोवार गर्न थालियो, जो संगको सम्वन्ध वर्जित गरिएको थियो नियममा त्यो नाघ्ने काम भयो तर पनि कोही पशु वोल्न हिम्मत गर्न सकेनन । केही पशुहरुलाई शत्रु सग मिलेको भनेर मृत्युदण्ड दिन थालियो, यो पनि पशुलाई नमार्ने नियमको विरुद्द थियो । एक दिन वक्सर नामको इमानदार र परिश्रमी घोडा विरामी पर्यो, जो क्रान्तीको मुख्य योद्दा थिय,ो, पशु फर्म निर्माणमा र सम्वृद्दिमा उसको सवैभन्दा वढी योगदान थियो र वतास घट्ट निर्माणमा त उसले यति धेरै श्रम गर्यो । रिटायर्ड भएर आराम लिएर वस्ने समयको तलास गर्दै गरेको त्यस घोडालाई उपचार गर्न वजारमा लैजाने नाममा झुक्याएर वजारमा क्रुरतापुर्वक मासुका लागि वेचियो । यो घटनाले पशुहरुलाई नमार्ने भन्ने धर्मादेशको उधलंकन मात्र भएन एक इमान्दार कमरेडलाई झुक्याएर मराइयो ।
मानिस संग व्यापार गर्न लागेपछि त्यसको सम्पर्क वढ्दै जाँदा उसलाई फारममा राखेर रक्सि खाएर मात्ने , तास खेल्ने, गाना वजाना गर्ने र त्यही कोठामा च्यादर विच्छाएर सुत्ने वस्ने कामहरु नेपोलीयन र वाँकी सुगुर र उसका जासुसहरु ले गर्न थाले जो धर्मादेशको विरुद्द थियो । कुकुरहरु नेपोलीयनका वफादार सहयोगी थिए जसले नेपोलीयनका विरोधी वोल्न लागेमा ठाडै भुकेर चुप राख्थे । सुंगुरहरुले कपडा लगाउने, रेडियो सुन्ने गाना वजाना गर्ने र पत्रपत्रिका पनि पढ्न थाले । मानिस संगको संगत वढ्दै जाँदा ती सुगुरहरु त दुइ खुट्टाले उभिन पो थाले । साँच्चै धर्मादेशमा २ खुट्रटे शत्रुहुन भनिएको कुरा यहाँ मिल्न थाल्यो । सुगुरहरुले वाँकी पशुहरुलाई वेस्करी ठग्न र अत्याचार गर्न थालेका थिए । क्रान्तीबाट स्थापित पशुवादको धर्मादेश तथा यी आदर्शहरु क्रमशः सवै मिच्दै नेपोलियनको अधिनायकत्व सुद्दढ हुदै गयो । वाँकी पशुहरुको जीवन भने मानव मालिक जोंसको समयको भन्दा पनि कष्टकर र नारकीय हुदै गयोे ।
शासक नेपोलीयनको शान सौकतमा खर्च वढ्न थालेको कारणले फारमको आर्थिक अवस्था कमजोर भयो । यसै कारणले वाँकी पशुहरुको आहार कोटा घटाउँने र श्रमको समय वढाउँदा भएको अभाव र विभेदका वारे सचेत नहुन भन्ने उदेस्यले पशुहरुलाई अलमल्याउन धेरै वैठक वोलाई त्यहाँ पशुवाद र नेपोलीयनको वौद्दिकताको प्रचार गर्ने , भाषण सुनाउने र वखत वखत साँस्कृतिक कार्यक्रमको मन्चन गर्न थालियो । विरोध गर्न खोज्नेहरुलाई कठोर सजाय दिएर फेरि वोल्न हिम्मत गर्न नसक्ने वनाउँदै लगियो । क्रान्तीताका राखिएको हरियो झन्डामा भएको सिङ हटाइयो र हरेक आइतवारको मार्चपासको परम्पार तोडियो । पशुहरुका वीचको कमरेडले पुकारिने वचन हटाइयो । यो फर्मको नाम वदलेर म्यानर फार्म भएको घोषणा गरियो । छिमेकी मानव व्यवसायीलाई वोलाएर फर्मको व्यवस्थापनका वारे आपसिक भाषणको आदान प्रदान गरि आपसिक सहयोग र विश्वास वढाउने प्रतिवद्दता गरियो, वाहिरी दुनियालाई भूलभूलैयाम राखेर र राम्रो र सभ्य देखिने कार्य पनि गरियो । यस्तै छिमेकी फर्मवाला मानिसहरुलाई वोलाएर गरिएको भोज र भाषणको आदान प्रदान गर्दै गरेको र रमाइलो गरेको क्षणमा कथा समाप्त गरिएको छ । प्रस्तुत उपन्यासमा देखाइएको शासकका यिनै र यस्तै कर्महरुलाई आधुनिक राजनीतिमा कन्सपिरेसी थ्योरी भनिन्छ ।
सन१९४५ मा वेलायती उपन्यासकार जर्ज अर्वेलले लेखेको यो उपन्यासले जनताको सहभागितामा सम्पन्न क्रान्तीबाट सत्तामा पुगेको एक शासकले आँफ्नो स्वार्थपुर्तीका लागि स्थापित आदर्शहरु कसरि भत्काउँदै जाने धृष्टता गर्दछ र आँफ्नो झुटो कुरा लुकाएर सत्तामा टिकीरहन तथा अधिनायकत्व कायम गर्न कस्तो सम्मको षडयन्त्र र क्रुर व्यवहार गर्दछ । सत्ता वचाउन र आँफ्नो कर्तुत लुकाउन उसले कतिसम्मको तानावाना वुनेको हुन्छ र उ कति सम्म निकृष्ट हुन सक्छ भन्ने इङ्गित गरेको छ ।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार