निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस

काठमाडौँ,२९ मङ्सिर– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न  प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गर्नुभयो । 

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । 

सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उहाँले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताउनुभयो । यस निर्वाचनबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएको उहाँले जानकारी गराउनुभयो । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको उहाँको भनाइ छ । 

आयोगले आगामी पुस  २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ ।

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal