हाजिर नै नगरी तलब !

नवराज श्रेष्ठ

रामेछाप,२९ मङ्सिर–  हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझ्ने कामदारले पनि आफूले काम गरेको हाजिरी नजनाई घर फर्किंदैनन् तर रामेछापको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखलगायतका कर्मचारी भने स्वयं हाजिर नै नगरी लामो समयदेखि तलब भत्ता बुझिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ र स्वास्थ्य शाखाका सिनियर अनमी वसुन्धरा सुवेदीले विगत लामो समयदेखि कार्यालयको रजिस्टरमा हाजिर नै नगरी तलब भत्ता लिइरहेको पाइएको छ। 

प्रमुख प्रशासकीय अधिकृत लामिछानेले २०७९ को असोज महिनाको हाजिर रजिस्टरमा ६ गतेसम्म बजार अनुगमन उल्लेख गर्नुभएको छ भने अन्य दिन केही नखुलाई असोज ३० गते मात्रै हाजिर गर्नुभएको छ। लामिछानेले त्यसपछि गत कात्तिक ३ गते हाजिर गरे पनि त्यसपछिका दिनमा उहाँले हाजिर गर्नुभएको छैन। स्वास्थ्य शाखाप्रमुख श्रेष्ठले गत वैशाख महिनादेखि असार महिनासम्म नियमित हाजिर गरे पनि साउन महिनाको १ र २ गते हाजिर गरेदेखि अहिलेसम्म हाजिर गर्नुभएको छैन। 

स्वास्थ्य शाखाका सिनियर अनमी सुवेदीले हाजिरमा केही कारण नखुलाई गत भदौ महिनादेखि अहिलेसम्म एक दिन पनि हाजिर गर्नुभएको छैन। नियमित हाजिर नभए पनि सबै कर्मचारीलाई गाउँपालिकाले असोज महिनासम्मको तलब भत्ता दिइसकेको छ। कार्यालयको प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखले आफ्नो जिम्मेवारीमा रहेर नियमित काम गरिरहेको देखिए पनि हाजिर रजिस्टरमा आफ्नो हाजिर नगरेको पाइएको खाँडादेवी गाउँपालिकाका लेखा अधिकृत विजय लुइँटेलले बताउनुभयो। “हाजिर रजिस्टरमा हाजिर नगर्नु भनेको कार्यालयमा अनुपस्थित हुनु हो तर हाजिर नगरे पनि उहाँहरूले कार्यालयमा नियमित काम गरिरहनुभएको छ, तलब पनि खाइरहनुभएको छ, अब हाजिर नगर्नुको कारणसहितको स्पष्टीकरण माग हुन्छ,” उहाँले भन्नुभयो। स्वास्थ्य शाखाका सिनियर अनमी सुवेदी स्वास्थ्य समस्याका कारण बिदामा रहेको भन्ने जानकारी रहेको उहाँले बताउनुभयो। 

आफूहरू नियमित कार्यालयमा उपस्थित भएको तर हाजिर गर्न छुटेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो “खाँडादेवी गाउँपालिकाको स्वास्थ्य शाखामा कर्मचारी नभएर सेवाग्राहीको काम रोकिएको अवस्था अहिलेसम्म छैन। आफूसँग भ्रमण अभिलेखीकरण पनि छ, नियमित काम पनि गरिरहेकै हो, हाजिर गर्न भने छुटेको हो, अब कार्यालय प्रमुखले  के भन्नुहुन्छ त्यहीअनुसार हुन्छ।” 

प्रमुख प्रशासकीय अधिकृत लामिछाने भने प्रशासन फाँटका कर्मचारीलाई दोष देखाउँदै पन्छिन खोज्नुभएको छ। “हाजिरबाहेक दर्ता, चलानी, तोक लगाउने, योजना सम्झौता, अनुगमन, निर्वाचनमा खटिएको पाटोहरू पनि छन्, यसबारेमा प्रशासन शाखाले आवश्यक समन्वयन गरिदिँदा यो समस्या आएको हो,” उहाँले भन्नुभयो। आफूहरूले कामलाई प्राथमिकतामा राख्दा हाजिर गौण बन्न पुगेको लामिछानेको भनाइ छ। 

हाजिरी प्रमाणित नगरी तलब भत्ता भुक्तानी भएमा त्यो अनियमितता हुने भएकाले यस विषयमा गाउँपालिकाले आवश्यक छानबिन गर्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउने खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो। कार्यालयमा राखिएको हाजिरी रजिस्टरमा कर्मचारीले हाजिर नगर्नु भनेको कार्यालयमा उपस्थित नहुनु भन्ने बुझिन्छ। कार्यालय समयमा चौरमा घाम तापेर बस्न फुर्सद हुने कर्मचारी हाजिर गर्नसमेत भ्याउँदैनन्। सबै कर्मचारीको हाजिर प्रमाणित गरेर तलब खुवाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृतले नै हाजिर नगरी तलब खानुले खाँडादेवी गाउँपालिकाको पारदर्शिता र सुशासनमा समेत प्रश्न उठेको छ।गोप

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal