फेदिखोलाका विभिन्न विद्यालयमा चोरी गर्ने पक्राउ
वालिङ,२९ मङ्सिर– फेदिखोला गाउँपालिकाका विभिन्न विद्यालयबाट सामान चोरी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ४ मा रहेका विभिन्न विद्यालयबाट कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायतका विद्युतीय सामग्री चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरी कार्यमा संलग्न रहेकाहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य अगाडी बढाएको जनाएको छ ।
पक्रााउ पर्नेहरुमा स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका ४ का २६ वर्षीय प्रेम विक, सोही ठाउँका २१ वर्षीय सुमन सुनार, पुतलीबजार नगरपालिका ४ का १९ वर्षीय समिर सुना, लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की पोखरा ८ नागढुङ्गा बस्ने २९ वर्षीय राजु मजाकोटी, लमजुङ सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की, पोखरा महानगरपालिका १० रामबजार बस्ने २७ वर्षीय अमृत दुरा,पोखरा महानगरपालिका २८ घर भई पोखरा २६ बस्ने २९ वर्षीय प्रविन नेपाली र पोखरा महानगरपालिका २१ घर भई पोखरा १७ बिरौटा बस्ने ३७ वर्षीय दिपेन्द्र पोखरेल रहेका छन् ।

पक्राउ परेकामध्ये फेदिखोला गाउँपालिकाका प्रेम विक, सुमन सुनार र पुतलीबजार नगरपालिकाका समिर सुनार चोरी संलग्न भएको र बाँकी चार जना चोरी भएको समान सप्लाई र खरिद विक्रीगर्ने कार्यमा संलग्न भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनाल जानकारी दिनुभयो ।
२०७८ साल फागुन २२ गते राति फेदिखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको आरुखर्क आधारभूत विद्यालय,२४ गते रातिे राम्चेदेवी आधारभूत विद्यालयको ढोका फुटाएर चोरी गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई चोरी तथा डाँका मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङले जनाएको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















