फेदिखोलाका विभिन्न विद्यालयमा चोरी गर्ने पक्राउ

वालिङ,२९ मङ्सिर– फेदिखोला गाउँपालिकाका विभिन्न विद्यालयबाट सामान चोरी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ४ मा रहेका विभिन्न विद्यालयबाट कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायतका विद्युतीय सामग्री चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरी कार्यमा संलग्न रहेकाहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य अगाडी बढाएको जनाएको छ ।
पक्रााउ पर्नेहरुमा स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका ४ का २६ वर्षीय प्रेम विक, सोही ठाउँका २१ वर्षीय सुमन सुनार, पुतलीबजार नगरपालिका ४ का १९ वर्षीय समिर सुना, लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की पोखरा ८ नागढुङ्गा बस्ने २९ वर्षीय राजु मजाकोटी, लमजुङ सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की, पोखरा महानगरपालिका १० रामबजार बस्ने २७ वर्षीय अमृत दुरा,पोखरा महानगरपालिका २८ घर भई पोखरा २६ बस्ने २९ वर्षीय प्रविन नेपाली र पोखरा महानगरपालिका २१ घर भई पोखरा १७ बिरौटा बस्ने ३७ वर्षीय दिपेन्द्र पोखरेल रहेका छन् ।

पक्राउ परेकामध्ये फेदिखोला गाउँपालिकाका प्रेम विक, सुमन सुनार र पुतलीबजार नगरपालिकाका समिर सुनार चोरी संलग्न भएको र बाँकी चार जना चोरी भएको समान सप्लाई र खरिद विक्रीगर्ने कार्यमा संलग्न भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनाल जानकारी दिनुभयो ।
२०७८ साल फागुन २२ गते राति फेदिखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको आरुखर्क आधारभूत विद्यालय,२४ गते रातिे राम्चेदेवी आधारभूत विद्यालयको ढोका फुटाएर चोरी गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई चोरी तथा डाँका मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङले जनाएको छ ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार