पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धन योजना तयारी गोष्ठी


गोपाल जिटी
वालिङ,२७ मङ्सिर- रामपुरमा पालिकास्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धनका लागि योजना तयारी गोष्ठी गरिएको छ ।
रामपुर नगरपालिकालाई २०८० बैशाखको दोस्रो हप्ता भित्रमा पूर्ण खोप सुनिश्तिता घोषणा गर्ने निर्णय अनुसार सोमबार गोष्ठीको आयोजना गरिएको होे ।
नगर भित्रका सवै वडालाई बैशाख पहिलो हप्ता भित्र पूर्ण खोप सुनिश्तिता घोषणा गर्न घर घरमा पुगेर छुटेका बालबालिका भेटिएमा खोपको पहुँचसम्म पु¥याउने नगरपालिकाले निर्णय गरेको छ ।
स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा भएको गोष्ठीमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बालबालिकालाई पूर्ण मात्रामा खोप लगाई नगरलाई पूर्ण खोप सुनिश्चितता गर्न सवै सचेत भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सुन्दा एउटा मात्रै जस्तो लागे पनि स्वास्थ्य नभए सबै क्षेत्र कमजोर हुने बताउनुभयो । राज्यले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको भन्दै नगर प्रमुख थापाले नगरले पनि स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरीयताका लागि विभिन्न योजना सहित बजेट विनियोजन गर्ने जानकारी गराउनुभयो । उहाँले गुणस्तरीय सेवाका लागि सबै स्वास्थ्यका कर्मचारी सचेत भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका जनस्वास्थ्य अधिकृत डाक्टर राजेन्द्र गिरीले स्थानीय तहले स्वास्थ्यलाई विकासको मुद्दा बनाउनु पर्ने बताउनु भयो । हरेक पालिका र वडाले स्वास्थ्यलाई समेट्ने गरी कार्यक्रम निर्माण गर्न आवश्यक रहेको गिरीको भनाई छ ।

ताजा

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal