भीरकोटमा एमाले उम्मेदवार द्वारा उम्मेदवारी दर्ता
वालिङ,१३ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एकालेको तर्फबाट भीरकोट नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ ।
भीरकोट नगरपालिकाको नगरप्रमुखको लागि एमालेका तर्फबाट विश्वनाथ अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपप्रमुखमा सरस्वती अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । नगरप्रमुखका उम्मेदवार अर्याल सहित उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको नेकपा एमाले भीरकोट नगर कमिटीले जनाएको छ ।
उम्मेदवारी दर्ताको लागि एमाले कार्यकर्ताहरु नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
भीरकोट नगरपालिकाको लागि नगरप्रमुखको उम्मदवारी दिनुभएका नगर कमिटीका अध्यक्ष समेत रहनुभएका युवा नेता अर्याल त्यस क्षेत्रमा निकै लोकप्रिय हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका अर्याल सम्भवत जिल्लामै कान्छो नगरप्रमुखको उम्मेदवार हुनुहुन्छ ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















