‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
म्याग्दीमा रहेको पञ्चकुण्ड हिमताल । ताल बढ्दै गएमा विस्फोट हुने खतरा विज्ञहरुले सुझाएका छन्।तस्बिरः लक्ष्मीप्रसाद उपाध्याय
लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ,१५ भदौ- मानव सभ्यतालाई चुनौती दिनेगरी आएको भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी’ नाम दिएर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पहल लिनुपर्ने विज्ञले सुझाव दिएका छन् ।
रसुवाको लामटाङ लिरुङ क्षेत्रको पहाड चोइटिएर बगेको हिमनदीको बाढीले इतिहासमा अहिलेसम्मको ठुलो नोक्सानी गरेको ठहर हिमाल, हिमनदीका अध्येताहरुको छ ।
लामो समयदेखि हिमालको अध्ययनमा संलग्न प्राध्यापक डा. दिवस श्रेष्ठका भनाइमा हिमाली क्षेत्रमा गएको पहिरोले यति ठुलो तहमा र बहुक्षेत्रमा गरेको क्षति हेर्दा निकै पीडादायी अवस्था हो ।
उहाँले भन्नुभयो, “यो घटना मानव सभ्यता विकासको दर्दनाक र उच्चतम चुनौती दिने खालको हो । यसलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्छ । यो घटनाबाट हिमाली भू–भाग निकै सम्वेदनशील र जोखिमयुक्त छ भन्ने पाठ सिकाएको छ ।”
अर्का हिउँविज्ञ प्राध्यापक डा. सुदीप ठकुरीको भनाइमा पनि यो घटना इतिहासमै मानव सभ्यतालाई चुनौती दिने खालको घटना हो । बाढीपछि देखिएको बिनाश र क्षतिलाई आँकलन गर्दा यसलाई हिमाली सुनामी नाम दिनुपर्ने सुझाव उहाँले दिनुभयो ।
उहाँले भन्नुभयो, “यो लेवलको क्षति गरेको यो घटना विश्वका ठुला सुनामीभन्दा कम छैन । त्यसैले यसलाई हिमाली सुनामी नाम दिएर जलवायु परिवर्तनको असर हिमालमा कुन हदसम्म परेको छ भन्ने कुरा विश्व समुदायलाई बुझाउन जरुरी छ ।”अर्का हिउँ वैज्ञानिक डा. नितेश खड्काको भनाइ पनि यो घटनालाई लिएर नेपालको जोखिमपूर्ण अवस्थाबारे विश्व मञ्चमा लबिङ गर्नुपर्छ । उहाँले भन्नुभयो, “हाम्रा हिमालहरु बढ्दो तापक्रमले कति आक्रान्त छन् भन्ने कुरा बिभिन्न वैज्ञानिक अध्ययनहरुले देखाइसकेको भएता पनि कतिले विश्वास गर्न सकेको थिएनन् । यो घटना यस्तो इभिडेन्स हो, जसले हिमालको सम्वेदनशीलता बाहिर उजागर गरेको छ । त्यसैले यसलाई हिमाली प्रलयको संज्ञा दिनुपर्छ । यो हिमाली सुनामी नै हो ।”
डा. श्रेष्ठ पनि ठकुरी र खड्कासँग सहमत हुँदै भन्नुहुन्छ, “नेपालले यो घटनालाई विश्व समुदायलाई देखाउन सक्नुपर्छ । जलवायु परिवर्तनको असरले सधैँ जोखिम रहेको हाम्रो मुलुकलाई पछिल्लो चरणमा विकसित भएका प्रविधि र वित्तको सहयोग आवश्यक छ । यसलाई नेपालले हिमाली क्षेत्रको सुनामी हो भन्ने तहबाट अन्तर्राष्ट्रिय फोरमहरु लबिङ गर्नुपर्छ ।”
कार्वन उत्सर्जनमा न्यून भूमिका भएको नेपालले जलवायु परिवर्तनको असरले सिर्जित समस्या भोग्दै जाने हो भने दुई÷ चार प्राकृतिक प्रकोपका घटना पनि थेग्न नसक्ने अवस्था आउन सक्छ भन्दै चिन्ता विज्ञहरुले व्यक्त गरेका छन् ।
डा. श्रेष्ठले भन्नुभयो, “लामटाङमा भएको एउटा घटनाले नेपाललाई यो अवस्थामा गरेको फेरि अरु घटना भइहाल्यो भने नेपालको भविष्य कति भयाभव होला भन्ने अनुमान गर्न सकिदैन ।”
डा. ठकुरीले भन्नुभयो, “पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शिरमा हिमाल छ । हिजोको दिनसम्म हिमालहरु नेपालको सम्पत्ती हो भनेर हामी बसिराखेका थियौँ । अब त यो ‘विनाशको बम’ पनि हो भन्ने कुरा बुझनु जरुरी छ ।”
डा. खड्काको भनाइमा यो घटनालाई लिएर विकसित मुलुकसँग नेपालले जलवायु वित्त र नयाँ प्रविधिको हस्तान्तरणका लागि तत्काल लबिङ गर्नुपर्छ । स्रोतःगोप
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















