निर्वाचन विशेषः स्याङ्जाका ११ स्थानीय तहमा ६७ प्रमुख र ४९ जनाद्वारा उपप्रमुखा उम्मेदवारी दर्ता

वालिङ,१३ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा पालिका प्रमुखमा ६७ जना र उपप्रमुख पदमा ४९ जनाले उम्मेदवारी दर्ता गराएकाछन् ।
११ स्थानीय तह रहेको स्याङ्जामा नेकपा एमाले, नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राप्रपा, राष्ट्रिय जनर्मोचा, मंगोल नेशनल अर्गनाईजेसन, जरोकिलोलगायतका पार्टी सहित केही स्वतन्त्र व्यक्तिहरुले समेत उम्मेदवारी दिएकाछन् । प्रमुख, उपप्रमुख सहित सदस्य पदका लागि ११६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो । ३० गते हुने निर्वाचनको लागि गाउँपालिका र नगरपालिकाको प्रमुखमा यसअघि पालिका प्रमुख रहेकाहरु समेत दोहोरिएका छन् ।
फेदीखोला गाउँपालिकामा पालिका प्रमुख घनश्याम सुवेदी, पुतलीबजारमा सीमा क्षेत्री, महेश पुरी वालिङ नगरपालिकामा दिलिपप्रताप खाँण, कालीगण्डकी गाउँपालिकामा खिम बहादुर थापा, सावित्रा कोइराला, हरिनासमा खिमनारायण मानन्धर गल्याङ नगरपालिकामा देवी थापा उपप्रमुखमा र अर्जुनचौपारी गाउँपालिकामा यस अघि उपप्रमुख रहनुभएकी चिन माया गुरुङ यस पटक पालिका प्रमुखमा उम्मेदवारी दिनुभएको छ ।यस पटक दोहोरीनेहरुमा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण नेपाली कांग्रेसबाट विजयी हुनुभएको हो भने खाँण बाहेक दोहोरीएका अरु सबै उम्मेदवार नेकपा एमालेबाट विजयी भएका उम्मेदवारहरु हुन ।
जिल्लाकै मध्यभागमा रहेको वालिङमा मेयरका लागि ८ जनाले उम्मेदवारी दिएकाछन् । ८ जनाले उम्मेदवारी दिएपनि मुख्य प्रतिष्पर्धा भने नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका कृष्ण खाँण र कांगे्रसबाट उम्मेदवार बन्नुभएका दिलिप प्रताप खाँण बीच हुने देखिएको छ ।
वालिङमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांगे्रसले जितेको थियो । यस अघिको आफ्नो जितलाई कायम राख्न कांगे्रस लागि पर्नेछ भने एमालेले अहिले वालिङमा विजयी भएर आफ्ना एजेण्डाहरुलाई अगाडी बढाउने योजनामा लागेको छ । ठुला दुई पार्टीबाट दुबै खाँण चुनावी मैदानमा उत्रीएकोले यहाँको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । त्यस्तै पुतलीबजार नगरपालिकामा मेयरका लागि ९ जना र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने भीरकोटमा मेयरका लागि ६ जना र उपमेयरका लागि ५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै चापाकोटमा मेयरका लागि ६ जना र उपमेयरका लागि ५ जनाको उम्मेदवारी परेको छ भने गल्याङमा मेयरका लागि ९ जना र उपमेयरका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
जिल्लाको ६ गाउँपालिकातर्फ अर्जुनचौपारीमा ५ जनाले अध्यक्षका लागि ४ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय अर्जुनचौपारीले जनाएको छ । त्यस्तै आँधीखोलामा अध्यक्षका लागि ६ जना उपाध्यक्षका लागि ४ जना, फेदीखोलामा अध्यक्षका लागि ५ जना उपाध्यक्षका लागि ४ जना, विरुवामा अध्यक्षका लागि ४ जना उपाध्यक्षका लागि ५ जना, हरिनासमा अध्यक्षको लागि ४ जना उपाध्यक्षको लागि २ जना, कालीगण्डकीमा अध्यक्षको लागि ५ जना र उपाध्यक्षको लागि २ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ ।
यसैबीच आज उम्मेदारीमाथि दावीविरोध गर्ने दिन वालिङमा कुनै उम्मेदारीविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिनुभयो । भीरकोटमा भने नेपाली कांगे्रसका वडा अध्यक्ष विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
९ नम्बर वडाका वडा अध्यक्ष भिमबहादुर गुरुङ विरुद्ध आर्थिक चलखेलमा नागरीकता सिफारिस गरेको आरोप लागेका गुरुङ विरुद्ध मंगोल नेशनल अर्गनाईजेशनले उजुरी गरेको निर्वाचन कार्यालयले जनाएको छ । उजुरीविरुद्ध भोली जाँचबुझ हुने निर्वाचन कार्यालयले जनाएको छ ।
९७ वडा अध्यक्षका लागि ३५० जनाको उम्मेदवारी
जिल्लाको ९७ वडा अध्यक्ष पदका लागि ३५० जनाले उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको लागि समयसिमा तोकेको थियो ।
जिल्लाका ११ पालिकामा रहेका ९७ वडा अध्यक्षका लागि यहाँका विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै ३५० जनाले उम्मेदवारी दिएका हुन् । वालिङ नगरपालिकामा १४ वडा अध्यक्षका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै यहाँबाट ९१ जनाले खुल्ला वडा सदस्यमा ४५ जनाले महिला सदस्यमा र ४३ जनाले दलित महिला सदस्यमा उम्मेदवारी दिएका हुन् ।
त्यस्तै भीरकोटमा ९ वडा अध्यक्षका लागि ४० जनाले उम्मेदवारी दिएका छन् भने वडा सदस्यका लागि खुल्लातर्फ ५३, महिला तर्फ २४ र दलित महिलातर्फ १९ जनाको उम्मेदवारी परेको छ ।
गल्याङ नगरपालिकामा १० वडा अध्यक्षका लागि ३८ जना, सदस्यका लागि ५९, महिलातर्फ २५ र दलित महिलातर्फ २५ जनाको उम्मेदवारी परेको छ । पुतलीबजारमा १४ वडाको लागि ६० जना, सदस्यका लागि १०३ जना, महिलातर्फ ४५ र दलित महिला तर्फ ३६ जनाले उम्मेदवारी दिएका छन् ।
चापाकोटमा १० वडा अध्यक्षका लागि ४६ जना, सदस्यका लागि ७२, महिलातर्फ ३६, दलित महिलातर्फ २७ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै ६ गाउँपालिका मध्ये अर्जुनचौपारीबाट ५ अध्यक्षको लागि १६ जना, वडा सदस्यका लागि ३१ जना, महिलातर्फ १३ र दलितर्फ १४ जनाको उम्मेदवारी परेको छ । आँधीखोलामा ६ वडा अध्यक्षको लागि १८ जना, सदस्यमा ३९ जना, महिलातर्फ १५, दलितर्फ १२ जनाको उम्मेदवारी परेको छ ।
फेदीखोलामा वडा अध्यक्षका लागि १७, सदस्यका लागि २६, महिलातर्फ ११ र दतिलतर्फ ११ जनाले उम्मेदवारी दिएका छन भने विरुवामा वडा अध्यक्षका लागि २६, सदस्यका लागि ४५, महिला तर्फ २१ र दलितर्फ १९ जनाले उम्मेदवारी दिएका छन् । हरिनासमा १६ जनाले वडा अध्यक्षका लागि, ३२ जनाले सदस्यका लागि, महिलातर्फ १५ जना र दलिततर्फ ४ जनाले उम्मेदवारी दिएका छन् त्यस्तै कालीगण्डकीमा १५ जनाले वडा अध्यक्षका लागि २९ जना वडा सदस्यका लागि १४ जना महिलातर्फ र १३ जना दलिततर्फबाट उम्मेदवारी दिएका छन् ।
ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार
विद्यार्थीलाई कपाल काट्ने तालिम
२०८२ जेष्ठ २९ गते, बिहीबार
चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
२०८२ जेष्ठ २९ गते, बिहीबार
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
२०८२ जेष्ठ २८ गते, बुधबार