पञ्चेबाजा संरक्षणका लागि वडा कार्यलयद्वारा बाजा हस्तान्तरण
वालिङ, १७ माघ– लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणका लागि वडा कार्यालयले बाजा हस्तान्तरण गरेको छ । वालिङ नगरपालिका ७ ले बिवाह, ब्रतबन्ध तथा अन्य शुभकार्यहरुमा बजाईने पञ्चेबाजा संरक्षण कार्यक्रम अन्तर्गत गह«ौंकालिका पञ्चेबाजा समूह पैदीलाई दश थान बाजा हस्तान्तरण गरेको हो ।
वडा कार्यालयले बाजा संरक्षणका लागि एक लाख ३० हजारको लागतमा दश थान बाजा खरीद गरी हस्तान्तरण गरेको वडा अध्यक्ष पाण्डुकुमार थापाले बताउनुभयो ।
“गह«ौंकालिका पञ्चेबाजा समूहले वडा कार्यालयमा बाजाको माग गर्नुभएकाले वडाले बाजा संरक्षण कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरी सहयोग गरेका हौं” वडा अध्यक्ष थापाले भन्नुभयो, “लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्न सकियोस र पुरानो पुस्ताको सीप तथा कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै ब्यवसायिकतामा जोड दिनका लागि सहयोग पुग्ने विश्वास लिएका छौं ।”
वडामा रहेका अन्य बाजा समूहहरुलाई आवश्यक सीप तथा तालीम, आवश्यक पोशाक हस्तान्तरण गरिएको र आगामी दिनमा पनि बाजा संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै लगिने वडा अध्यक्ष थापाले बताउनुभयो ।
वडाको बजेटबाट सहनाई, ट्याङ्को, नरसिंहा, ढोलक, झुर्मासहितका एक सेट नौमति पञ्चेबाजा हस्तान्तरण गरिएको हो ।
पुराना कला संस्कृति हराउन नदिनका लागि वडा कार्यालयले नौमति बाजा उपलब्ध गराएर सहयोग गरेको समूहका अध्यक्ष कमल परियारले बताउनुभयो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















