प्रेस स्वतन्त्रता कायम गर्न पत्रकारको माग
स्याङ्जा, ९ मङ्सिर- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा एवं सञ्चारमाध्यममाथि भएकाे हस्तक्षेपको विरोधमा पत्रकारहरु आन्दाेलीत भएका छन्।
आन्दाेलनका क्रममा नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले सामूहिक गिरफ्तारीको चुनौती दिदै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएकाे छ।
महासंघको कार्यालयबाट ब्यानर सहित सुरु भएको कार्यक्रममा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारा लेखिएका ब्यानरसहित निकालिएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय पुगेर धर्नामा परिणत भएको थियो।
धर्नाका क्रममा पत्रकारहरूले सञ्चारमाध्यमको प्रवेशद्वारमा सवारीसाधन तेर्साएर आवागमन अवरुद्ध गर्ने, मिडिया हाउसमा धरपकड गर्ने तथा पत्रकारलाई गिरफ्तार गर्ने कार्यप्रति कडा आपत्ति जनाएका थिए। त्यसैगरी लोककल्याणकारी विज्ञापनको रकम कटौती, श्रमजीवी पत्रकारलाई निष्कासन र सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने प्रवृत्तिको अन्त्य गर्न माग गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले प्रलोभन र धम्कीका अगाडि स्वतन्त्र पत्रकारिताको मूल्य र मान्यताबाट विचलित नहुन पत्रकारहरूलाई आग्रह गर्नुभएकाे थियाे।
विरोध कार्यक्रममा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका जायज माग तत्काल पूरा गर’ र ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लगायतका नारासहित प्रतीकात्मक सामूहिक गिरफ्तारीको चुनौती प्रस्तुत गरिएको थियो।

ताजा
प्रेस स्वतन्त्रता कायम गर्न पत्रकारको माग
२०८३ मंसिर ९ गते, बुधबार
प्रेस स्वतन्त्रता कायम गर्न पत्रकारको माग
२०८३ मंसिर ९ गते, बुधबार
आज हरिबोधिनी एकादशी
२०८३ मंसिर ४ गते, शुक्रबार
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
२०८३ कार्तिक २५ गते, बुधबार
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद
२०८३ कार्तिक २० गते, शुक्रबार
तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण
२०८३ कार्तिक १९ गते, बिहीबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ६ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ४ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ४ गते, बुधबार





















