आज हरिबोधिनी एकादशी

वालिङ,४मङ्सिर- आज हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिबाेधनी एकादशीलाई ठुली एकादशी पनि भन्ने गरिन्छ।

आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जागा हुने शास्त्रीय मान्यता छ । 

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घर घरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधिनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेष रूपमा मनाउने गरिन्छ । यस दिन सनातन धर्मावलम्बीले गंगा एवं नदिहरुमा गएर स्नान गरेर पूजाआजा गर्नुका साथै  कन्दमूल र फलफूल खाएर उपबास बस्ने चलन छ।

हरिशयनी एकादशीका दिन घर घरमा तुलसी रोप्ने गरिन्छ । त्यही तुलसी रोपेको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर हरिबोधिनी एकादशीमा विवाह महोत्सव गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । 

आज स्याङ्जा र पाल्पाकाे संगम स्थल राम्दी स्याङ्जा, पर्वत र गुल्मीकाे संगम स्थल सेतिबेणी लगायतका धार्मिक स्थलहरुमा भक्तजनहरुकाे भिड लाग्ने गर्छ।

ताजा

आज हरिबोधिनी एकादशी

२०८३ मंसिर ४ गते, शुक्रबार

आज हरिबोधिनी एकादशी

२०८३ मंसिर ४ गते, शुक्रबार

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह

२०८३ कार्तिक २० गते, शुक्रबार

राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद

२०८३ कार्तिक २० गते, शुक्रबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ आश्विन ३१ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal