विजया दशमीकाे शुभकामना

सम्पादकीय

नेपालीहरुको महान चाड दसैँ आम नेपालीहरुले उत्साहाका साथै मनाइरहेकाछन् । उराठ बनेका गाउँबस्ती यतिबेला उत्साहले धपक्कै बलेकाछन् भने सबैमा खुसियाली छाएकोछ ।

२०८३ सालमा केही बाढी पहिराेले अकल्पनिय क्षयती पुर्याएर आम नेपालीलाई स्वकमा पारेपनि हाम्रा परम्परा र संस्कृतिहरुले विगतलाई बिस्तारै बिर्साउदै केही खुसिकाे सञ्चार भने गर्ने गर्दछन्। 

यश वर्ष पनि दसैँ मनाउन देशविदेशबाट आ–आफ्नो जन्म थलोमा पुगेर एक आपसमा खुसी साटासाट गर्नुका साथै कर्मथलो र जन्म थलोका विच सामिप्यता गास्नुका साथै एक आपसमा आत्मियता साटासाट गर्ने कार्यले पनि अहिलेको नयाँ पुस्तालाई आफ्नो परम्परा र रीतिरिवाजका बारेमा जन्ने अवसर यस पर्वले सिर्जना गरेकोछ । आआफ्नो कर्मथलो छाडेर गाउँघर फर्किने क्रम तीव्र छ । सडक, बजार, सार्वजनिक यातायातका क्षेत्रमा देखिएको मानिसको बाक्लो उपस्थितिले दसैँको रौनकलाई झनै बढाएको छ।

हिन्दुधर्मालम्बीहरुको महान चाडकारुपमा लिइने यस पर्वलाई हरेक नेपालीले निकै महत्वका साथै मनाउने गर्दछन् । धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा लिइने यस पर्वलाई असत्यमाथि सत्यले विजया प्राप्त गरेको धार्मिक तथा पौराणिक मान्यता रही आएको छ ।

दसैँमा विभिन्न शक्तिपिठहरुमा देवीको पूजाँ आराधना गर्नुका साथै नवरात्रिका नौ दिन सम्म दुर्गा भगवतीको पूजाआराधना गरिन्छ । नवरात्रिका नौ दिनमा मातृ शक्तिको पूजा गरिसकेपछि दसौँ दिनको दिन (विजयादशमी) विजयोत्सवका रूपमा मनाउनुका साथै आफुभन्दा ठुला मान्यजनहरुबाट रातो टीका र जमरा लगाउनुका सार्थ आशीवाद लिने चलन छ । यश पर्वले आम नेपालीहरुमा आपसि एकता, सद्भाव, आत्मियता र एकले अर्काेलाई विश्वास गर्ने शक्ति प्राप्त हाेस।

 विजयादशमीले सबैमा सुखशान्ति समृद्धिका साथै उत्तरउत्तोर प्रगती होस् ।

विजया दशमीको शुभकामना ।

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal