नेकपा समुन्द्रहो एक लोटा पानी झिक्दैमा समुन्द्र सुक्दैन ः मन्त्री अर्याल
स्याङ्जा, १७ माघ– कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले नेकपा समुन्द्र भएको बताउनुभएको छ । हरिनास गाउँकमिटीले आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । मन्त्री अर्यालले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा समुन्द्र हो समुन्द्रमा एक लोटा पानी कसैले झिक्दैमा समुन्द्र सुक्दैन ।” कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले पार्टीका केही नेताहरुले अहिले पदको लोभले बाहिर भेला गर्दै हिड्नुभएको छ । त्यसले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नकपालाई फरक नपर्ने बताउनुभयो । पार्टीमा भएका समस्याहरुलाई पार्टी भित्रै रहेर समाधान गर्न सकिने अवस्था हुदाहुदै नेताहरुले पदको लोभमा परेर प्रधानमन्त्रीलाई असफल बनाउने मनसायका साथै घेराबन्दी गर्दा अहिले नेकपामा केही समस्या आएपनि घेराबन्दी गर्नेहरु आफ्नै कारणले सकिने मन्त्री अर्यालले दावी गर्नुभयो ।

नेकपा केन्द्रिय सदस्य समेत रहनुभएकी मन्त्री अर्यालले अहिलेको अवस्थामा पार्टी फुटाल्न केही नेताहरुले कोसिस गरेपनि त्यो व्यर्थ सावित हुने बताउदै प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा नै अधिकारीक भएकोले कार्यक्रताहरुलाई दुविधानमा नपर्न आग्रह गर्नुभयो । पाँच वर्षका लागि जनताले चुनेर पठाएको ओलीले नेतृत्व सरकारलाई पार्टी भित्रैका पदलोलुप नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेकै कारण प्रतिनिधिसभा विघटन गर्नु परेको बताउदै मन्त्री अर्यालले भन्नुभयो, “पाँच वर्षका लागि जनताबाट जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका पद र परिवार केन्द्रीत नेताहरुले चौतर्फी घेराबन्दी गरेपछि प्रधानमन्त्रीले जनता माझँ जाने निणर्य गर्नुभो” यो कसरी प्रतिगामी कमद हुन सक्छ मन्त्री अर्यालको प्रश्न थियो ।
जनता माँझ जाने प्रधानमन्त्रीको निर्णय लोकतान्त्रिक भएको भन्दै निर्वाचन संग डराउने केही तत्वहरुले निर्वाचनको विरोध गरेको मन्त्री अर्यालको भनाइ थियो ।
आगामी वैशाख १७ र २७ गतेको लागि तोकिएको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै मन्त्री अर्याललृ कार्यकर्ताहरुलाई एकताबद्ध भएर चुनावको तयारीमा जुटन समेत आग्रह गनुभयो । कार्यकर्ता प्रशिण एवं भेला कार्यक्रममा हरिनास गाँउपालिका २ का वडा सदस्य लालु माया नेपाली सहित १ सय ५६ जना नेपाली कांग्रेसका कार्यकर्ता कंग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपामा) प्रवेस गरेको नेकपाले जनाएको छ ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















