राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद
वालिङ,२० कात्तिक- स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले बस र स्कुटरबाट १० हजारभन्दा बढी पिस पटकाजन्य विस्फोटक पदार्थ बरामद गरेको छ।
कात्तिक १९ गते दिउँसो अस्थायी प्रहरी चौकी राम्दीबाट प्रहरी सहायक निरीक्षक रोशनलाल पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त पटका बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुटवलबाट पर्वततर्फ जाँदै गरेको ग.१ ख. ८२९५ नम्बरको बस र गण्डकी प्रदेश ०२–००१ प. २६६८ नम्बरको स्कुटरमा लुकाइछिपाई ल्याइएको अवस्थामा पटाका फेला परेको थियो।
बरामद गरिएका पटाकामा सुर्सानी, आलु, चक्लेटी, पोप लगायतका विभिन्न प्रकारका पटाका रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
ताजा
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद
२०८३ कार्तिक २० गते, शुक्रबार
तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण
२०८३ कार्तिक १९ गते, बिहीबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ६ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ४ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ४ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक २ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ आश्विन ३१ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ आश्विन ३१ गते, शनिबार





















