तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

रुपन्देही, १९ कात्तिक- एउटा आमाले आफ्नै सन्तान गुमाउनुको पीडा कति असह्य हुन्छ होला? सायद त्यो पीडा त्यही आमाको मनले मात्र महसुस गर्न सक्छ। छोराको वियोगले जीवनमा गहिरो चोट बोकेकी ६० वर्षीया जमुना कुमाल (भुल्ली) को जीवनकथा पनि यस्तै पीडा र संघर्षले भरिएको छ।

पाल्पा स्थायी घर भएकी जमुना लामो समयदेखि अर्घाखाँचीको पाणिनी गाउँपालिका–३, खिदिममा बस्दै आउनुभएकाे थियाे। दुई छोरामध्ये एक छोराको निधन भएपछि उहाँ मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्न थाल्नुभयाे। त्यसपछि करिब ३० वर्षसम्म जमुनाको जीवन सहज बन्न सकेन विभिन्न संघर्ष र तनावमै लामाे समय बित्याे।

जीवनका अनेकौँ कठिनाइबीच पनि उहाँले हार मान्नुभएन गाउँघरमा आफूले सकेको सहयोग गर्ने, अरूका घरमा सानातिना काम गरेर आफ्नो गुजारा चलाउने गर्नुहुन्थ्याे। तर, समयसँगै उहाँको शारीरिक अवस्था पनि कमजोर बन्दै गयो। केही समयअघि लडेर चोट लागेपछि उहाँले काम गर्नसमेत नसक्ने अवस्थामा पुग्नुभयाे।

न काम गर्न सक्ने अवस्था रह्यो, न आफ्नो दैनिक जीवन सहज रूपमा चलाउन सक्ने। शारीरिक पीडासँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि झेलिरहेकी जमुना अरूको जीर्ण घरको बार्दलीमा बस्न थाल्नुभयाे। उचित उपचार, हेरचाह र आत्मीय साथको अभावमा उहाँका दिनहरू कष्टकर बन्दै जानथाले समाजका लागि उहाँ भुल्ली, तर उहाँको पनि आफ्नै दुःख, पीडा र अनुभूति थियो। जमुनालाई आवश्यक थियो त केवल कसैको साथ, थोरै माया, उचित हेरचाह र सुरक्षित आश्रय।

स्थानीयवासीले उहाँको अवस्थाबारे जानकारी गराएपछि पाणिनी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीको समन्वयमा गत कार्तिक १७ गते  उद्धार गरी उहाँलाई रुपन्देहीस्थित मानवसेवा आश्रम तिलोत्तमा शाखाको संरक्षणमा राखिएकाे छ । 

जमुनाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपचार, हेरचाह तथा अन्य सेवासहित संरक्षण प्रदान गरिने मानवसेवा आश्रमकी केन्द्रीय सदस्य सरु अधिकारीले जानकारी दिनुभयाे। 

विगतका पीडादायी दिनहरूबाट बाहिर निस्केर अब जमुनाले सुरक्षित र आत्मीयता वातावरणमा नयाँ जीवनकाे अध्याय सुरु गर्नुभएकाे छ । 

ताजा

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ आश्विन ३१ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ आश्विन ३१ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal