पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
स्याङ्जा,२५ जेठ- नेपाल पत्रकार महासंघ स्याङ्जाको शाखाकाे १५औं वार्षिक साधारणसभा आँधिखोला गाउँपालिका १ म्हाजुभञ्याङमा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेलले समाजको रूपान्तरण र सुशासनका लागि पत्रकारिता जगतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । अध्यक्ष पाैडेलले भन्नुभयाे, “पत्रकारहरू समाजका ऐना हुन् । राज्य र समाजका हरेक कुना–कन्दरामा रहेका आवाजविहीन नागरिकहरूको आवाज बनेर पत्रकारिताले न्यायको पक्षमा वकालत गर्नुपर्छ।”

अध्यक्ष पौडेलले विकास निर्माणका सकारात्मक कार्यहरूलाई उजागर गर्दै देश विकासमा खटिने नवप्रवर्तक र अभियन्ताहरूलाई उत्प्रेरणा प्रदान गर्न सञ्चार माध्यमले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।
समाज तथा राष्ट्रहित विपरीत हुने जुनसुकै गतिविधि, भ्रष्टाचार र अनियमितताका विरुद्ध पत्रकारहरूले खबरदारी गर्नुपर्ने बताउनुभयाे।
स्थानीय सरकार सञ्चार जगत संग सधैँ हातेमालो गरेर अगाडि बढ्न तयार रहेको स्पष्ट पार्दै अध्यक्ष पौडेलले आगामी दिनहरूमा स्थानीय तह र पत्रकार महासंघबीच बलियो सहकार्य हुने विश्वास समेत ब्याक्त गर्नुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भुपराज बस्याल, महासंघका पूर्व अध्यक्षहरु ओमप्रकाश शर्मा, प्रकाश डोटेल र श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस युनियन जिल्ला सभापति तोलाकान्त बगाले, प्रेस चौतारी जिल्ला अध्यक्ष मणिप्रसाद अर्याल, प्रेस सेन्टर जिल्ला अ
ध्यक्ष केपी खनाल, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष ध्रुव गौडेललगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा स्याङ्जाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकाे भन्दै महासंघका पूर्व अध्यक्षत्रय ओमप्रकाश शर्मा, प्रकाश डोटेल र श्रीकृष्ण सिग्देललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियाे । नेपाल पत्रकार महासंघ स्याङ्जाका पदाधिकारी, कार्यसमिति सदस्य तथा जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको साधारण सभामा पत्रकारिता क्षेत्रका समसामयिक चुनौती र भावी याेजनाका बारेमा समेत छलफल गरिएकाे थियो ।
कार्यक्रममा महासंघका अध्यक्ष प्रदिप कोईराला, सचिव सुशील सुवेदी र काेषाध्यक्ष जाेगराज पाठकले प्रस्तुत गर्नुभएकाे प्रतिवेदन पारित गरिएकाे थियाे।

ताजा
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार





















