काष्ठकलामा विरासत धान्दै भीमबहादुर
रामकृष्ण बोहोरा
बागलुङ,१४ कात्तिक– सिप र जाँगर भए सबैले पत्याउँछन् । उमेरले ६० काट्नुभएका भीमबहादुरको मेहनतले बुढेसकालमा पनि काम गररै मनग्गे कमाइ गर्न सकिन्छ भन्ने स्थापित भएको छ । उहाँ काठको मूर्ति बनाउने काममा सधैँ तल्लीन हुनुहुन्छ । सानाठुला सबैलाई सम्मान गरेर बोल्नुहुन्छ । उमेर बुढ्यौली भए पनि उहाँको मेहनत भने तन्नेरी छ । सिप सयौँ वर्षअघिको मल्लकालीन कलाकार जस्तै छ । आफ्नो सिपमा उहाँ कहिल्यै घमण्ड गर्नुहुँदैन । बुवाबाट सिकेको कला तीन भाइलाई पनि सिकाइसक्नुभएको छ ।
बागलुङ नरपालिका–३ निवासी भीमबहादुर विकले बाबुबाजेको विरासत १२ वर्षको उमेरबाटै धान्न थाल्नुभएको थियो । त्यो कला परिष्कृत बन्दै गएको छ । उहाँका बाबु मोतीलाल पनि मूर्तिकार हुनुहुन्थ्यो । मोतीलाल मात्र हैन भीमबहादुरका छ वटा पुस्ता काष्ठकलामा आबद्ध हुनुहुन्छ । त्यो विरासत उहाँले अहिले पनि धानेको बताउनुभयो । विकले भन्नुभयो, “हाम्रा पुस्ताले पाल्पाको ऋषिकेश मन्दिर बनाएपछि एक जनाको हात काटिएको थियो । अन्यत्र गएर यस्तै कला बनाउन नसकोस् भनेर हात काटिएको रे ।” पाल्पाका तत्कालीन राजा मणीमुकुन्द सेनले कालीगण्डकी स्नान गर्न जाँदा ऋषिकेशको मूर्ति भेटेर मन्दिर बनाउन लगाएको इतिहास छ । उक्त मन्दिरमा काठको काम र मूर्ति कुँद्न भीमबहादुरका छ पुस्ताअघिका जिजुबाउ गएको किंवदन्तीसमेत छ ।
हात काटिएर फर्कनुभएका उहाँका जिजुबाबुले छोराछोरीलाई काष्ठकला सिकाएपछि निरन्तर परिवार यो पेसामै रमाएको छ । भीमबहादुरका कान्छा भाइ इन्द्रले भन्नुभयो, “बुबाले दाइलाई सिकाउनुभएछ, अहिले दाइबाट हामीले सिक्दै छौँ । उस्तै गर्न सकिएको छैन तर केही गर्न सक्ने भयौँ ।” माइलो सूर्य र साइलो नरबहादुरले पनि कलाकारिता सिक्नुभएको छ ।
मल्लकालीन टुँडाल कुँद्ने भीमबहादुरले हालै बागलुङ कालिका मन्दिरमा बनाइएको सत्तलमा पनि मूर्ति कुँद्नुभएको हो । देवीदेवताको मूर्ति, जङ्गली जनावर, कलस, धनुषवाण, यौनलीला जस्ता मूर्ति काठमा कुँद्न भीमबहादुरलाई कसैले भेट्दैन । हरेक टुँडालमा इतिहास लेखाउन सकिने उहाँको भनाइ छ । “कुनै जन्तुको चित्र मात्र हैन, त्यसको इतिहास बुझ्नु पर्छ,” उहाँले भन्नुभयो, “त्यसपछि मात्रै जीवनचक्रलाई आकर्षक बनाउन सकिन्छ ।” गोप
ताजा
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार





















