अस्ट्रियन पर्यटकसहितको टोली दामोदर कुण्डमा रोकिए

मुस्ताङ र मनाङ जिल्ला जोड्ने सरिबुङ पास । तस्बिर सौजन्य : गुगल

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ),१४ कात्तिक– उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४यारा हुँदै सरिबुङ पासका लागि निस्किएको अस्ट्रियन पर्यटकसहितको टोली भारी हिमपातका कारण दामोकरकुण्ड क्षेत्रमा रोकिएका छन् । मुस्ताङ र मनाङ जोड्ने चिनको तिब्बती सीमा नजिकै पर्ने सरिबुङ पासका लागि सदरमुकाम जोमसोम हुदै गएको तीन जना अस्ट्रियन पर्यटकसहित १४ जनाको टोली दामोदरकुण्ड आसपासका क्षेत्रमा रोकिएको हो । काठमाडौँको हिमालयन एडभेन्चरबाट गएको कात्तिक १० गते लो–घेकर दामोदरकुण्ड–४ याराबाट माथि लागेको टोली हिमपातका कारण रोकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो ।

प्रजिअ भुषालले भन्नुभयो, ‘‘विदेशी पर्यटकलाई स्थलमार्गबाट पुग्ने सम्भावना छैन, अनुकुल मौसम भएमा हेलिकोप्टरबाटै फर्काउने प्रयासमा छौँ, टोलीसँग प्रयाप्त खाना भएकाले त्यहाँ बस्ने स्थानको समस्या छैन ।’’ उक्त टोलीमा विदेशी पर्यटकलाई नेपाली गाइडसहित तीन जना मुस्ताङका समेत भरिया रहेका जानकारी आएको प्रजिअ भुषालको भनाइ छ । पर्यटकसहितको टोलीसँग स्याटेलाइट फोन नभएकाले आश्रयस्थलको पहिचान गर्न नसकिए पनि याराबाट प्रस्थान गरेलगत्तै हिमपात भएकाले नजिकै भएको अनुमान गरिएको प्रजिअ भुषालको भनाइ छ । कम्पनीलाई स्थलगतमार्गबाट पर्यटकको टोलीलाई फिर्ता ल्याउन टोली परिचालन गर्न सम्भव नभएकाले हेलिकोप्टरबाटै उद्धारका लागि अनुरोध गरिएको छ ।

दामोदर कुण्ड क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा हिमपातका कारण समस्यामा पर्ने तिर्थयात्री तथा पर्यटकलाई लक्षित गरी धर्मशालामा खाद्यान्नसहित आवश्यक साम्रगी सञ्चित समेत गरिएकाले करिब एक सातासम्म खाना बस्नका लागि समस्या नहुने प्रजिअ भुषालको भनाइ छ । साहसिक यात्रामार्फत दामोदरकुण्ड क्षेत्र र मनाङ जिल्लाको नार–फु उपत्यका बिचमा हिमश्रृखला तथा जोखिमपूर्ण भिर हुँदै हिउँले ढाकिएका पहाडहरू थिचोल्दै यात्रा गर्नुपर्छ ।

काठमाडौँबाट प्रस्थान गरेको टोली १२ दिनमा यारा र दामोदर हिमालयको लुरी गुफा हुँदै घुमा थान्ती, नम्ता खोला हुँदै १५ दिनमा दामोदर कुण्ड पुगिन्छ । दामोदर कुण्डसम्म सहजै यात्रा गर्ने टोली त्यहाँबाट जोखिमपूर्णय यात्रामार्फत ४ हजार ८ सय ९० मिटरको उपचाईमा अवस्थित दामोदर कुण्डबाट जापानी बेसक्याम्प, हाई क्याम्प हुँदै ६ हजार ३ सय २८ मिटरको उचाईमा अवस्थित आधार शिविर, सारिबुङ पास हुँदै नागोरुबाट मनाङ जिल्लाको फु गाँउमा पुगिन्छ । यात्राको १५ देखि २१ दिनसम्मको यात्रा निकै जोखिमपूर्ण मानिन्छ । नेपालमा हालसम्मकौ जोखिमपूर्ण पदयात्राको सूचीमा रहेको २५ दिने काठमाडौँ–दामोदरकुण्ड–सरिबुङ हुँदै फु गाउँसम्ममको यात्रा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । सरिबुङ पासबाट धौलागिरी हिमाल सहित करिब अन्नपूर्ण रेञ्जका सबैजसो हिमश्रृंखलाको अवलोकन गर्न पाइन्छ ।गोप

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal