तीर्थको पनि तीर्थ कालीगण्डकी उत्तरवाहिनी


सम्पादकीय…….
अध्यात्ममा तीर्थको नीकै महत्व रहेको हुन्छ । अध्यात्म तथा धर्ममा विश्वास गर्ने एवं आस्था राख्नेहरुको लागि तीर्थ भन्ने शब्द नै एक अत्यान्त प्रेम भएको शब्द हो ।
अहिले दामोदर मासको अवसरमा विश्वमा एक मात्र शालग्राम पाहिने कालीगण्डकी नदी (कृष्ण गण्डकी) स्याङ्याजाको मालुङ्गा र पाल्पाको असेर्दीको संगम स्थल उत्तरवाहिनीमा “उत्तरवाहिनी दामोदर धर्मोत्सव २०८२” सञ्चालन भइरहेको छ । जहाँ देशविदेशबाट समेत धर्मगुरुहको आगमन भइरहेको छ ।
हिन्दुहरुको आस्थाको धरोहर मानिने मुक्तिनाथ मुक्ति क्षेत्रबाट बग्दै आएकी कालीगण्डकी यस ठाउँमा करिब साढे तीन किलो मिटर उत्तर तर्फ भएर बहेकोले यस ठाउँलाई उत्तरवाहिनी नामाकरण गरिएको छ भने विभिन्न शास्त्रमा उल्लेख भए अनुसार उत्तर तर्फ भएर बगेकी गण्डकी गण्डकीहरु मध्य सर्वश्रेष्ठ मानिने भएकोले पनि यस क्षेत्रको निकै महत्व रहेकोले यस्तो महत्वपूर्ण ठाउँलाई विश्वभरी चिरपरिचत गराउने उद्देश्यले “उत्तरवाहिनी दामोदर धर्मोत्सवको २०८२” को आयोजना गरिएको हो ।
उत्तर तर्फ फर्केर बगेको र अन्य नदीहरुमा शालग्राम नपाईने भएकोले एक मात्र भगवान शिवको स्वरुप मानिने शालग्राम पाहिने भएकोले कालीगण्डकीलाई तीर्थहरुको पनि तीर्थ भनिएको हो ।
यस्ती पवित्र कालीगण्डकीमा स्नान गर्नाले पूण्य मिल्ने भएकोले मृकण्डु ऋषिले तपस्या गरेर भगवानको दर्शन प्राप्त गरेको ठाउँका रुपमा समेत यस क्षेत्रलाई लिइएको छ ।
मृकण्डु ऋषिका छोरा मार्कण्डेयले तपस्या गरेर मृत्युलाई जितेको ठाउँको मृत्युदेखि परको जिवको रहस्य बुझ्‌न चाहानेहरुको लागि मृत्यु भन्दा परको विज्ञानको अनुभूती गर्न चाहाँनेहरुको लागि पनि नारद पुराण अनुसार यो ठाउँ उपयुक्त मानिन्छ ।
यसैगरी आनन्द रामायण अनुसार यस क्षेत्रमा भगवान श्रीकृष्णका १६ हजार रानीहरुले पूर्वजन्ममा तपस्या गरेर भगवान रामको आगमन भएको र भगमान राम सात रात सम्म त्यही ठाउँमा बसेर तपस्या गरेर बसेका कन्याहरुलाई अर्को जन्ममा रानी बनाउँछु भनेर घर फर्काएको पुराणमा उल्लेख गरिएको छ ।
धर्मोत्सव महामेलामा सवालाख शालग्रामको पूजा, तुलसी पत्र अर्पण गर्नुका साथै पवित्र कालीगण्डकीमा स्नान गर्ने ब्यवस्था मिलाईएको छ ।
आसोज २१ गते देखि कालीगण्डकी ज्ञानविज्ञान प्रष्तिठानको आयोजनामा सुरुभएको उत्तरवाहिनी दामोदर धर्मोत्सव यही १९ गते सम्म सञ्चालन हुनेछ ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal