विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

काठमाडौं,२२ असाेज- विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । 

साहित्य तथा संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले उहाँलाई मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट सम्मान गरेको हो ।

भारतको राजस्थानस्थित इन्टरनेसनल सेन्टर, जयपुरमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका प्रतिनिधि तथा अन्य प्रतिष्ठित अतिथिले डा. उपाध्यायलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका थिए ।

विश्वविद्यालयले जारी गरेको प्रमाणपत्र तथा सम्मानपत्रमा साहित्य र संगीत क्षेत्रमा उहाँको योगदान, उपलब्धि, समर्पण तथा समाजमा पारेको प्रभावको प्रशंसा गरिएको छ ।

समारोहमा प्रदान गरिएको स्मृतिचिह्नमा समेत उहाँलाई साहित्य तथा संगीत क्षेत्रमा उत्कृष्ट योगदान र विशिष्ट उपलब्धिका लागि सम्मान गरिएको उल्लेख छ । यो सम्मानले नेपाली साहित्य तथा संगीत क्षेत्रमा डा. उपाध्यायले पुर्‍याएको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा समेत सम्मान मिलेको जनाइएको छ ।

समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि विभिन्न नौ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरिसकेका छन् । आईएलपीएमएस विश्वविद्यालयबाट प्राप्त उपाधि उहाँको दशौं मानार्थ विद्यावारिधि हो । यसअघि अमेरिका लगायत विभिन्न देशका विश्वविद्यालयबाट उनलाई नौवटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

गीतसंगीत तथा साहित्यका विभिन्न विधामा सक्रिय डा. उपाध्यायले हालसम्म १५३ वटा विश्व कीर्तिमान कायम गरेको जनाइएको छ । उहाँका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक तथा ३६ वटा एल्बम प्रकाशित तथा सार्वजनिक भइसकेका छन् । उहाँका करिब दुई सय ५० गीत सार्वजनिक भएका छन् भने सयौं गीतका भिडियोसमेत निर्माण भएका छन् । डा. उपाध्यायको पछिल्लो उपन्यास ‘आशक्ति’ तथा कवितासंग्रह ‘अन्तसंस्करण’ रहेको छ भने हालै दुई भजन ‘श्रीराम’ र ‘हरे कृष्ण’ श्रोता/दर्शकमाझ आएका छन् ।

ताजा

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal