काफलडाँडा सडकमा वैकल्पिक मार्ग अपनाउन ८ नम्वर वडा कार्यालयकाे अनुरोध
वालिङ,११ भदाै- वालिङदेखि काफलडाँडा रोग्दीठाँटी सडकमा गुड्ने सवारी साधनहरुले वैकल्पिक मार्ग प्रयोग गर्न ८ नं वडा कार्यालयले सूचना जारी गरेको छ । वालिङ ८ को भुङ्गानेदेखि सडक निर्माणको कार्य सुचारु भएकाले वैकल्पिक मार्ग चिथा भञ्ज्याङदेखि बोगटी डाँडाको बाटो प्रयोग गर्न वडा कार्यालयले सूचना जारी गरेको हो । निर्माण कार्य सम्पन्न नहुँदासम्म यही भदौ १२ गते विहिबारदेखि उक्त बाटोलाई वैकल्पिक मार्गकोरुपमा प्रयोग गर्न वडा कार्यालयले सूचना जारी गरेको छ ।
वालिङ रोग्दीठाँटीका लागि चिथा भञ्ज्याङ छेउडाँडा बोगटीडाँडाको बाटोको प्रयोग गर्न वडा अध्यक्षद्वारा हस्ताक्षरित सूचना मार्फत जानकारी गराइएको हो । वालिङदेखि चिथाभञ्ज्यासम्म कालोपत्रेसहित पक्की सडक निर्माण हुने वडा कार्यालयले जनाएको छ । लामो समयदेखि निर्माण कार्य अलमलमा परेको यो सडक कालोपत्रेसहित पक्की बन्ने भएपछि यातायात व्यवसायी एवम् सरोकारवालाहरुलाई राहतको महसुर गराएको छ ।

ताजा
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार





















