परम्परा जाेगाउन छाङ्छाङ्दी जात्रा
गोपाल जिटी
वालिङ,१० भदाैं- नेपाली समाजमा विविध संस्कृतिहरु परम्परागतरुपमा प्रचलनमा छन् । विभिन्न जातजाती र समुदायमा आ आफ्ना संस्कार र संस्कृतिहरु परापूर्वकालदेखि नै प्रचलनमा रहँदै आएका हुन् । पछिल्लो केही वर्षयता ती मौलिक संस्कृतिहरुको निरन्तरतामा कमि आइरहेको बेला स्याङ्जाको भीरकोट नगरपालिका ४ को नेवार समाजले आफ्नो परम्परागत संस्कृतिको संरक्षणसहित निरन्तरतामा लागेको छ ।
गाईजात्रा, बाघजात्रा, हिलेजात्रा, कृष्णजात्रा, लाखे नाच तथा झुमाजात्रालगायतका जात्राहरुका लागि छाङ्छाङ्दी प्रशिद्ध ठाउँ हो । यहाँ निकालिने जात्रा हेर्नेहरुको निकै भीड लाग्ने गर्दथ्यो ।

प्राविधिक कारणले विगत केही वर्ष रोकिएका नेवारी संस्कृतिमा विद्यमान जात्रालाई निरन्तरता दिनेगरी यो वर्षबाट अगाडि बढाइएको समाजका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी गराउनुभयो । अहिले साङ्केतिकरुपमा गरिएको र आगामी वर्षदेखि विस्तृतरुप गर्ने समाजले योजना बनाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसैबीच आज तीजको दिन छाङ्छाङ्दीमा झुमा नाच निकालिएको हो । कृष्ण जन्माष्टमीमा कृष्ण भगवानको जन्म भएको र तीजको दिन भगवानको न्वारनको दिन नेवार समुदायले परापूर्वकाल देखि नै झुमा नाच निकाल्ने परम्परा हो । सोही अनुसार छाङ्छाङ्दी नेवार समाजले आज झुमा नाच प्रदर्शन गरेको समाजका अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँका अनुसार आज मूल घरबाट पूजाआजासहित विधिवत गोलेनी नाच निकालिएको हो भने बजार क्षेत्रमा झुमा नाच प्रदर्शन गरिएको हो । यस अन्र्गगत झुमा नाच, नाग नागेनी नाच र लट्ठीनाच प्रदर्शनपछि समापन गरिएको छ । झुमा नाच निकाल्ने भएपछि हेर्नका लागि भीरकोट र वालिङ लगायतका क्षेत्रबाट दर्शककाे बाक्लाे उपस्थिति रहेको थियो ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















