विपद ब्यवस्थापन क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

वालिङ,२५ चैत- वालिङ नगरपालिका वडा नम्बर ६ मा वातावरण, जलवायु परिवर्तन र विपद ब्यवस्थापन क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम शनिबनर सम्पन्न भएकाे छ।

वडा कार्यालयकाे आयाेजना वालिङ नगरपालिकाकाे सहजिकरण र आपसि सहयाेग केन्द्रकाे सहयाेगमा सञ्चालित कार्यक्रममा सहभागिहरुलाई जलवायु परिवर्तन र त्यस बाट हुने जोखिम तथा न्युनिकर्णका उपायका बारेमा जानकारी गराइएकाे थियाे।

कार्यक्रममा वडा अध्यक्ष श्यमकृष्ण श्रेष्ठले जलवायु परिवर्तनका कारण विधिन्न प्रकारका जाेखिमहरु बढदै गएकाे र विपद जन्य घटनाहरु घटने भएकाेले वातावरण संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयाे। अध्यक्ष श्रेष्ठले महत्वपूर्ण कार्यक्रमकाे लागि सहयाे पुर्याएकाे भन्दै वालिङ नगरपालिका लगायत सहयाेगि संस्थाहरुलाई धन्यवाद समेत दिनुभएकाे थियाे।

कार्यक्रममा प्रमुख प्रशिक्षण वालिङ नगरपालिका वन तथा वातावरण विपद शाखाका शाखा प्रमुख मणि प्रसाद रेग्मीले विपद जोखिम न्यूनीकरण सम्बन्धमा नगरपालिकाबाट कार्यान्वयनमा ल्याइएका कार्यविधि,नियमावली सम्बन्धि, विपद न्यूनीकरण पुर्व तयारी,आपतकालीन उद्धार र राहतका बारेमा जानकारी गराउनुभएकाे थियो।

त्यसै गरि आपसी सहयोग केन्द्रका कार्यक्रम व्यवस्थापक जगत बहादुर शाहीले सस्थागत परिचय र द – एशिया फाउन्डेसन द्वारा संचालित स्थानीय सरकार सवलिकरण फेज – २ कार्यक्रम अन्तरगत आपसी सहयोग केन्द्रले वालिङ नगरपालिका र गल्यङ नगरपालिमा संचालित जलवायु परिवर्तन न्यूनीकरण सचेतना कार्यक्रम संचालन गरिरहेकाे जनाकारी दिनुभयाे।

 शाहिले नेपालको वर्तमान अवस्थामा जलवायु परिवर्तनले स्थानीय नागरिकहरुमा परेको  प्रत्यक्ष असर र न्यूनीकरका बारेमा समेत जानकारी गराउनुभएकाे थियाे।

कार्यक्रममा वडा सदस्य तिल कुमारी थापा ( नम्रता) ले वडा भित्र गत वर्ष मात्रै ४ वटा घर जोखिममा परेको र ४९ जना कृषककाे खेतियाेग्य जमिन बाढिले बगाएकाे जानकारी गराउनुभएकाे थियाे।

कार्यक्रममा वन वातावरण विपद व्यवस्थापन समितिका सदस्यहरु, टोल विकास सस्थाका अध्यक्ष ,आमासमुह ,क्लब , स्वास्थ शाखा , विद्यालयका शिक्षक लगायतकाे सहभागिता रहेकाे थियाे।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal