कोटिहोममा दानवीर संगै भक्तजन बढ्दै
पोखरा,१२ जेठ- पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ ।
कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो । कोटिहोममा रहेका हरेक पण्डाल भक्तजनले भरिभराउ देखिन्थ्यो । कोटिहोममा कतै प्रवचन, कतै वक्तृत्वकला प्रतियोगिता कतै राष्ट्रिय भजन प्रतियोगिता कतै सत कुण्डीय हवन, आध्यात्मिक अनुष्ठानहरूमा दर्शन गर्ने भक्तजनहरूको भिड देखिन्थ्यो । कोटिहोममा देश विदेशबाट आएका साधु, सन्त, महन्तहरूले श्रुतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।
यसैबिच सोमबार महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्ति महाराजको गाउँका जनप्रतिनिधि र महाराजले अध्ययन गरेको विद्यालय क्याम्पस लनगायतका ठाउँबाट भएकाे सहभागिताले महायज्ञमा ऊर्जा थपिएको थियो ।
आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभाको प्रवचन र प्रतियोगिहरुको प्रस्तुतिले कोटिहोम विद्या
र्थीहरूका लागि धर्म संस्कृति संस्कारको सिकाइको थलो बनेको छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले ऐतिहासिक बन्दै गएको कोटिहोममा देशभरबाट जनप्रतिनिधि, साधु–सन्त, समाजसेवी, विद्यार्थी र सर्वसाधारणको सहभागिताले आयोजकलाई थप उत्साह थपेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयाे । ढकालका अनुसार कोटिहोमकको उत्तरार्धतर्फ आउँदै गर्दा जनप्रतिनिधिको सहभागितासँगै केही न केही दान गरेर जाने गरेका छन् ।
सोमबार पनि कोटिहोममा बढिगाऊ गाउँपालिका बागलुङकी अध्यक्ष गण्डकी थापाले आफ्नो व्यक्तिगत तर्फबाट कोटिहोम दर्शनसँगै २ लाख १ हजार १ सय १२ रुपैयाँ सहयोग गरी दुई जना अनाथ वाल वालवालिकाको लागि अभिभावक बन्नुभयाे । उहाँले कोटिहोम सिकाईको थलो भएको बताउँदै यस्तो पुण्य अवसर नछुटाउन सबैलाई आग्रह गर्नुभयाे। कोटिहोमले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनसँग जोड्न टेवा पु¥याएको उहाँकाे भनाइ थियाे ।
कोटिहोममा नेपाल सुन चादी रत्न तथा आभूषण व्यवसायी संघ पोखराबाट ५० हजार ५ सय, पोखरा– १४ का मीन बहादुर खत्री, राधिका खत्री बाट ५१ हजार ५ सय ५५ नेपाल पूर्व प्रहरी सङ्गठन पोखरा ७ कास्की बाट ५५ हजार ५ सय ५५, गीता थापाबाट ३० हजार, डा. कृष्ण गोपाल पराजुली र विष्णुमाया पराजुलीबाट २५ हजार २ सय ५२, लमजुङका सुकदेव बास्तोलाबाट रु १५ हजार १ सय १५, साझा बजार महिला समूहबाट रु १५ हजार १ सय ५५, सिता लक्ष्मी नगद र जिन्सी सहित रु ५२ हजार ५ सय ५०, पर्यटन व्यावसायिक महिला सघं नेपाल पोखरा– ६ बाट रु २५ हजार १ सय २५, पोखरा– १३ बालगोपाल आमा समूहकी बाट १७ हजार १ सय ५५ जवारेवर आमा समूह पोखरा–२२ बाट रु १५ हजार १ सय ५५, समुदायिक सेवा समिति पोखरा २ बाट रु २५ हजार १ सय २१, नवप्रभात आमा समूह पोखरा ६ बाट रु १५ हजार १ सय १५, चालिसेमार्ग दिदीबहिनी समूह पोखरा – ८ बाट २५ हजार ३ सय ६५, निर्मला रानाभाट बाट रु रु २५ हजार १ सय ५५, शिव प्रसाद पौडेलबाट १५ हजार
सीता देवी सिग्देलबाट १० हजार, पोखरा– ६ कि सिता पाण्डेबाट १० हजार ६ सय ५, पोखरा–९ का दीपक बराजुबाट १० हजार १ सय सहयोग प्राप्त भएको छ ।
कोटिहोममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचीका देवी प्रतिभाले कथा वाचन गर्नुभएकाे छ । २५ जनाको समूहका साथ पुनः पोखरा आउनुभएकी देवी प्रतिभाले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिनुभयाे । त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ ।
मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजकालगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसक्नुभएकाे छ। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित एक सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयाे।
उहाँका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोगनिवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।
कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

ताजा
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार





















