आज बाह्रविशे मेला, तयारी पुरा

फाईल तस्विर:

हिमलाल पराजुली

वालिङ,२४ चैत- आज लाग्ने बाह्रविशे मेलाकाे (बाह्रविशे बजार) तयारी पूरा भएकाे छ। परम्परा र संस्कृति अमुल्य निधि भएकाे बताउदै यहाँका युवाहरु परम्परा संरक्षणमा एक जुट भएर लागेका हुन्।   वालिङ नगरपालिका वडा नम्बर ९ र १३ मा रहेकाे रहेकाे भट्टे चाैरमा धेरै पहिले देखि मेला (बाह्रविशे बजार) लाग्दै आएकाेमा काेभिड- १९ का कारण राेकिएकाे बजार गत वर्ष देखि पुन सुरु गरिएकाे हाे। 

चैते दशैकाे रामनवमीकाे दिन आज लाग्ने मेलाकाे वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले उद्घाटन गर्ने आयाेजकले जनाएकाे छ। मेलालाई यश वर्ष विशेष बनाउने तयारी भइरहेकाे छ। मेलामा व्यापार गर्नेहरुले आफुले बुकिङ गरेकाे स्टलमा सामान राखेर तयारी अवस्थामा रहेका छन्। मञ्चकाे ब्यवस्थापन देखि सम्पूर्ण तयारी पूरा भएकाे बाह्रविशे बजार संरक्षण समितिका अध्यक्ष एवं मेलाका संयाेजक अर्जुन गाैतमले बताउनुभयाे। आधुनिक्ताकाे नाममा परम्परा हराउदै जाने क्रम बढिरहेकाे बेला वालिङमा भने युवाहरु परम्परा जाेगाउन लागि परेकाछन्।मेला सञ्चालनकाे लागि वडा नम्बर ९ र १३ नम्बर वडा कार्यालयका साथै वालिङका समाजसेवी, व्यापारी एवं स्थानीय बासिन्दाले सहयाेग गरेकाे संयाेजक गाैतमले जानकारी दिनुभयाे। परम्परा हराए पहिचान नै गुम्ने भएकाले यसकाे संरक्षणमा जुटेकाे गाैतमकाे भनाई रहेकाे छ। मेलाकाे लागि ३० ओटा स्टल निर्माण गरिएकाे छ। मेलामा व्यापार गर्न आउने ब्यापारिलाई निशुल्क रुपमा स्टल उपल्बध गराइएकाे छ भने मेलामा माटाेबाट बनेका भाडाकुडाका साथै स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरु तथा खाजा नास्ताकाे लागि हाेटल एवं उखु लगायत जुसका ब्यापारिहरुले स्टल बुकिङ गरे अनुसार सामान राखेर त्यारी अवस्थामा रहेकाे मेला आयाेजक समितिले जनाएकाे छ। मेलामा हेल्थ डेक्स समेत राखिएकाेछ। मेलामा आउँनेहरुलाई स्वास्थ्य सम्बन्धि समस्या भएमा प्राथमिक उपचारकाे ब्यवस्था मिलाईएकाे आयाेजकले जनाएकाे छ। मेलामा राष्ट्रिय एवं स्थानीय कलाकारकाे प्रस्तुति समेत रहने छ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal