वालिङमा “बढ्दो वैदेशिक आकर्षण र समाधान” विषयक वक्तृत्वकला प्रतियोगिता हुने


वालिङ,२४ कात्तिक- वालिङमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । दुर्गाखिमा फाउण्डेशनको आयोजना र भेषजराज साहित्य प्रतिष्ठानको व्यवस्थापनमा यही २६ गते “बढ्दो वैदेशिक आकर्षण, कारण र समाधान” विषयक जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा दुर्गाखिमा फाउण्डेशनका अध्यक्ष गोपाल कँडेलले आँफू वैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर रहेपनि आफ्नो जन्मभूमिमा थोरै भएपनि योगदान गरौ भनेर कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
फाउण्डेशनका अध्यक्ष कँडेलले समय र परिस्थितिले देशबाही रहेपनि सबैल आफ्नो जन्मभूमीको लागि सक्दो योगदान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा बसेर नेतृत्वलाई गाली गलौज गर्ने, राजनीतिक दल तथा अन्य विषयमा अनावश्यक टिका टिप्पणी गर्नु गलत हो । हामी पहिला आफ्नो भूमिका लागि केही योगदान गरेर मात्र स्वमूल्याङ््कन गर्नुपर्छ ।” उहाँले शिक्षा, स्वास्थ्य, बालबालिका एवं सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले ५ वर्ष अगाडि स्थापना भएको फाउण्डेशनले दुर्गाखिमा स्मृति छात्रवृत्ति वितरण, विद्यालयमा स्वच्छ पिउने पानीका लागि प्रशोधित मेशिन, कोरोना कालमा प्रभावितहरुलाई सहयोग गर्नेलगाएतका काम गरेको समेत जानकारी दिनुभयो ।
जिल्लास्थित माध्यमिक विद्यालयका १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराइनेछ । २६ गते विहान १० बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने क्रमशः नगद २५ हजार, १५ हजार, ७ हजार ५ सय, ५ हजार र प्रमाण पत्र प्राप्त गर्नेछन् त्यसैगरी भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाकोे साहित्यिक सम्मान एवं रचना वाचन र साहित्यिक यात्रा गर्ने प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले बताउनुभयो । प्रतिष्ठानले यही कात्तिक २७ गते भेषजविन्दु पुरस्कार एवं भेषजराज साहित्यिक सम्मान, समर्पण तथा ७८ औं नियमित रचना वाचन र साहित्यिक यात्रा गर्ने भएको छ । वालिङलाई कार्यक्षेत्र बनाएर सिंगो जीवन नै शिक्षणसेवा संँगै साहित्य सेवामा बिताउनुभएका साहित्य साधक भेषजराज शर्माको साहित्यिक योगदानलाई सामाजिक हितमा लगाउने उद्देश्यले २०६३ सालमा स्थपना भएको प्रतिष्ठानले सम्मान पुरस्कार तथा रचना वाचन कार्यक्रम गर्दै आएको छ ।
प्रतिष्ठानले स्थापनाकालदेखि भेषजराजले लेखी छोड्नुभएका कृतिहरुलाई प्रकाशन गर्ने, आफ्नै कोखबाट सन्ततिको सुखको अनुभवबाट वञ्चित हुनुभएका जोडिको नामबाट भेषजबिन्दु साहित्यिक पुरस्कार, भेषजराज साहित्य सम्मान वार्षिक रुपमा २०७४ सालदेखि नै प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष खनालले बताउनुभयो । हरेक महिना फरक फरक स्थानहरु, विद्यालय, टोलहरुमा पुगेर प्रतिष्ठानले अन्तरनिहित साहित्यिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले रचना वाचन गर्दै आएको अध्यक्ष खनालले बताउनुभएको थियो ।
साहित्यिक यात्रा वालिङदेखि गल्याङ नगरपालिका १ मालुङ्गास्थित उत्तरवाहिनीसम्म हुने प्रतिष्ठानले जनाएको छ । भेषजविन्दु साहित्यिक पुरस्कार प्रा.डा. कृष्णप्रसाद न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष खनालले जानकारी गराउनुभयो । यसैगरी भेषजराज साहित्य सम्मान डा. तर्कना शर्मालाई गरिने गरिने भएको छ । पुरस्कार, सम्मान र रचना वाचन कार्यक्रम उत्तरवाहिनी गुरुकुल विद्यालयमा हुने छ ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal