स्याङ्जा थिंक ट्यांको आयोजनामा ३ दिने उद्यमशील मेला वालिङमा सुरु
वालिङ,३२ जेठ- स्याङ्जा थिंक ट्यांकले आयोजना गरेको तीन दिने ‘स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेला’ आज देखि वालिङमा सुरुभएको छ ।
मेलाको उद्घाटन गर्दै वालिङ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर तिवारीले तीन दिन सम्म सञ्चालन हुने कार्यक्रमले युवाहरुमा एक प्रकारको उत्साहा ल्याउने बताउदै कार्यक्रमको सफलताको शुभकामना व्याक्त गर्नुभयो । अध्यक्ष तिवारीले वडा कार्यालयको तर्फबाट संस्थाले गर्ने रचनात्मक कामा सक्दो सहयोग गर्ने समेत बताउनुभयो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेत नारायण श्रेष्ठले स्याङ्जा थिंक ट्यांकका पहलहरु सकारात्मक रहेको र वालिङका उद्यमी व्यवसायीहरुको तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।
स्याङ्जा थिंक ट्यांकका सञ्चालक समिति सदस्य विवेक बस्यालले स्याङ्जा थिंक ट्यांकले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न र स्याङ्जामा उद्यमशीलताको लहर ल्याउन शिक्षा र उद्यमशीलतालाई जोड्दै हरेक विद्यालय र क्याम्पसमा ‘उद्यमी क्लब’ स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उक्त मेलामा शनिबार र आईतबार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्यमीहरुसँग अन्तक्रिया कार्यक्रमका साथै वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरिने कार्यक्रम संयोजक रश्मि पाठकले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष दिनकर नेपालले स्याङ्जा थिंक ट्यांक युवाहरुको क्षमता विकास गर्ने मन्च रहेको र यसको परिकल्पना नै युवाहरुले आफ्नो चौतर्फी विकासका लागि प्रयोग गर्न सजिलो हुने गरि गरिएको बताउनुभयो ।
रोट्यार्याक्ट क्लब वालिङ र शाईन भिलेज इन्टर्नेसनल एकेडेमी सह-आयोजक रहेको मेलामा प्रतियोगितामा उत्कृष्ठ हुनेहरुलाई पुरस्कार प्रदान गरिने छ भने आई टी सीपमा रुचि देखाएका विद्यार्थीहरु मध्येबाट चिठ्ठमबमे माध्यामबाट ट्याबलेट प्रदान गरिने संस्थाले जनाएको छ ।

ताजा
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार





















