वालिङ महोत्सवमा कलाकारले तताए दर्शक
हिमलाल पराजुली
वालिङ, २१ माघ- “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित आठौँ वालिङ महोत्सवमा चौथो दिन आइतबार मौसम चिसो भएपनि कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकलाई भने तताएको थियो । महोत्सवको मञ्चमा कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गर्दा दर्शकदिर्घामा रहेका दर्शकहरु भने कलाकारहरुको प्रस्तुी संगै आफु रहेको स्थानबाटै कलाकारको होस्टेमा हैसे गर्दै रमाइरहेका थिए ।

दर्शकदिर्घामा रहेका दर्शकहरुले कलाकारहरुले मञ्चमा आफ्नो प्रस्तुती प्रस्तुत गर्दा नाच्नुका साथै तालि बजाएर साथ दिइरहेका थिए भने दर्शकदिर्घाबाट आएको हुटिङ्ले कलाकारहरुलाई थप उत्साहित बनाएको थियो ।
आज मौसमी बदली भई चिसो बढ्नुकासाथै दिउसो पानीका बुँदहरुसमेत परेको थियो । तर प्रतिकूल मौसमका बाबजुद पनि राष्ट्रिय कलाकारकोसाथमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रमसहितको वालिङ महोत्सवले दर्शकहरुलाई भने तानेको छ ।
महोत्सवलाई सफल बनाउन उद्योग वाणिज्य संघका पदाधिकारीकासाथै विभिन्न जिम्मेवारीमा रहनुभएका महानुभावहरुको निरन्तरको सकृयताले गर्दा आठौं महोत्सव भव्यरुपमा सञ्चालन भइरहेको वालिङ उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मुलआयोजक समितिकी सहसंयोजक अनुपमा ढुंगाना तिवारीले बताउनुभयो ।

२०६३ सालदेखि संघले हरेक दुई वर्षको अन्तरमा आयोजना गर्दै आएको वालिङ महोत्सव यसपटक भने कोभिड-१९ का कारण ५ वर्षको अन्तरालमा सञ्चालन गरिएको हो । मेला महोत्सव नभएको धेरै भएकाले पनि हरेक दिन दर्शकहरुको सहभागिता उत्साहजनक रहेको आठौं वालिङ महोत्सवका निर्देशक शोभाकान्त पौडेलले बताउनुभयो ।
वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका पौडेलले, “भन्नुभयो मौसमको च्यालेन्सलाई कुनै प्रवाह नगरी दर्शकहरुले धेरै माया र सहयोग गर्नुभएको छ । यसले हामीलाई थप उत्साहित बनाएको छ ।”
चौँथो दिनसम्म आईपुग्दा आयोजक संस्थाले राखेको लक्ष्य सहजै पूरा हुने देखिएको पौडेलको भनाई छ । आयोजकले परिकल्पना गरेअनुसार जनसहभागिता देखिएको भन्दै महोत्सवमा कृषि तथा उद्यमशीलताका स्टलहरुमा मानिसहरुको चासो देखिएको महोत्सवका निर्देशक पौडेलको भनाइ छ ।

यसअगाडि आयोजना गरिने महोत्सवमा भन्दा अहिलेको महोत्सवमा ठाउँ समेत फराकिलो भएको र जनसहभागितामा पनि थप उत्साह देखिएकाले महोत्सव सफलताको संकेत गरेको उहाँको भनाई छ ।
महोत्सवको चौँथो दिन आइतबार राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, श्याम राना, मन्जु विक, संगिता पौडेल, नेत्र खड्का, तारा पौडेल, टंक डुम्रे, घनश्याम रिजाल, राजेश भण्डारी, जगत गौडेलसहित स्थानीय कलाकारको प्रस्तुतिले दर्शहरुलाई मनोरञ्जित बनाएको थियो भने सुगम संगीतर्फ सन्दीप बस्यालको प्रस्तुति रहेको थियो । त्यस्तै गरी शान्ति कार्की, पोख्रेली माग्ने धुर्मुसको हास्य प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।
दैनिक प्रतियोगितात्मक प्रस्तुतिमा स्याङ्जा डान्स आईडल सिजन ३ को अडिजन राउण्डबाट छनोट भएका दुई जनाले आफ्नो प्रस्तुति राखेका थिए भने विद्यालयस्तरीय नृत्यमा वालिङ बहुमुखी क्याम्पस र भुपू सैनिक आवासीय मावि वालिङको रहेको थियो । त्यस्तै लोक भजन प्रतियोगितामा एक समूह र रत्यौली गीत प्रतियोगितामा दुई समूहले आफ्नो प्रस्तुति राखेका थिए ।
यसैगरी भोलि सोमबार बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले आफ्नो प्रस्तुति सहित कार्यक्रमको संयोजन गर्नुहुनेछ । साथमा राजन कार्की, गायिकाहरु प्रिती आले, कृष्णा गुरुङ, समीक्षा अधिकारी, सपना रोका, तारा पौडेल, गायक धनबहादुर गुरुङ, राजु केसी, पलसिंह ठकुरीको प्रस्तुति रहनेछ । त्यस्तै स्याङ्जा वालिङकी मोडल तथा नृत्यकार जुनु सुन्धौलीको समेत प्रस्तुति रहनेछ ।

ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















