वालिङ महोत्सवमा तेस्रो दिन दर्शककाे घुइचाे, हजाराैले गरे अवलोकन
वालिङ,२० माघ- यही माघ १८ गते बिहीबारदेखि सुरु भएको आठौं वालिङ महोत्सवको तेस्राे दिन आज दर्शककाे घुइचाे लागेकाे थियाे। महाेत्सवकाे हजारौं दर्शकले अवलोकन गरेका आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सव परिसरमा दर्शकहरु भरिभराउ रहेकाले हजारौको संख्यामा उपस्थिति रहेको अनुमान गरिएको संयोजक श्रेष्ठको भनाई छ । विगतका महोत्सवको साख कायम गर्नुकासाथै सभ्य र भव्यरुपमा आठौं संस्करणको महोत्सव सम्पन्न हुनेमा आजको उपस्थितिले सावित गरेको उहाँले उल्लेख गर्नुभयो ।
आजमात्र २० हजार बढीले महोत्सव अवलोकन गरेका संघका सचिव तथा प्रचार प्रसार एवं कलाकार संयोजन उपसमितिका संयोजक पिताम्बर खनाल ( शुसिल ) ले जानकारी दिनुभयो । वालिङस्थित खेलमैदानमा सञ्चालित आठौं वालिङ महोत्सव २०८० को तेस्रो दिन शनिबार विदा परेकाले पनि दर्शकहरुको भीड लागेको हो ।

आज राष्ट्रिय कलाकार पुरुषोत्तम न्यौपानेका गीतले दर्शकहरु मन्त्रमुग्ध पारेको थियो । यसैगरी भिमु गुरुङ, दिनेश क्षत्री, यम नेपाली, सुनिता नेपाली, राजेश भण्डारी, जगत गौंडेललगायतको प्रस्तुतिले दर्शकहरुलाई नचाउनुकासाथै रमाइलो प्रदान गरेको थियो । यस्तै सुगम संगीतका रुपक डोटेलले दर्शकहरुलाई निकै झुमाएको थियो भने दिपक थापाको जादुगरीकोसाथमा हास्य प्रस्तुतिले निकै रोमान्चित बनाएको थियो ।
प्रतियोगितात्मक कार्यक्रमहरुमा रत्यौलीगीत, लोक भजन एवम् स्याङ्जा डान्स आइडलका प्रतिस्पर्धा भए । जसमा रत्यौलीका २, डान्स आइडलका ३ र लोक भजनगीत अन्तर्गत एक समूहको प्रतियोगिता सञ्चालन भएको हो । बाँकी रहेकाहरुको दैनिकरुपमा प्रतिस्पर्धा गराउँदैजाने संघका उपाध्यक्ष एवम् आठौं वालिङ महोत्सव सांस्कृतिक उपसमितिका संयोजक खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।
यसैगरी भोलि आइतबार राष्ट्रिय कलाकारहरुमा प्रजापति पराजुली, श्याम राना, मञ्जु विक, नेत्र खड्का, तारा पौडेल, सङ्गीता पौडेल, जगत गौंडेल, राजेश भण्डारी, शान्ति कार्कीको प्रस्तुति रहने छ । यसैगरी पप आधुनिक तर्फ सन्दिप बस्यालकोसाथमा हास्य कलाकार पोखरेली माग्ने धुर्मुसको विशेष प्रस्तुति रहने प्रचार प्रसार एवं कलाकार संयोजन उपसमितिका संयोजक खनालले जानकारी दिनुभयो ।

ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















