नेपालको शिक्षामा सहयोग हुने छः क्रिश हयूज

टिकाराम अधिकारी

गल्याङ,१५ मङ्सिर- पहार ट्रष्ट नेपाल यूकेका प्रतिनिधि एवं यूकेका नागरिक क्रिश हयूजले नेपालीहरुको शिक्षाको व्यवस्थापनका पक्षमा आफ्नो साथ सहयोग रहने बताउनुभएको छ ।

ग्रामिण क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्ने उहाँको भनाइ थियो ।

बिहीबार गल्याङ नगरपालिका ८ स्थित चण्डिका आधारभूत विद्यालयमा गल्याङ नगरपालिका वडा कार्यालय ८ को आर्थिक सहयोग र पहार ट्रष्ट नेपाल यूकेको व्यवस्थापनमा निर्माण गरिएको बाल विकास सिकाई व्यवस्थापन कार्यक्रमको उद्घाटन गर्दै क्रिश हयूजल सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नु भयो, “शिक्षाले मानिस, समाज, देश र विश्वलाई परिर्वतन गर्न सक्ने सामथ्र्य राख्ने भएकाले सबै भन्दा पहिले शिक्षामा आमूल परिर्वतनको खाचो रहेकोले हरेक देशले शिक्षामा लगानी गर्र्नु पर्छ ।”

यूकेका नागरिक हयूजले शिक्षाले नै विश्वका जनतलाई एक आपसमा जोड्ने काम गरेको स्मरण गराउदै विश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने खालको शिक्षा आजका बालवालिकालाई दिनुपर्ने कुरा बताउदै त्यसको लागि आफूहरुले सहयोग गरेको बताउनु भयो ।

नेपालका धेरै ठाउँमा आफूहरुले साथ सहयोग गरेको स्मरण गर्दै भोलिका दिनमा पनि आफ्नो र संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिबन्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा गल्याङ नगरपालिका ८ का वडाअध्यक्ष झिम बहादुर थापाले नेपाल र विदेशको शिक्षा नीति नै फरक रहेको बताउदै विदेशीहरुबाट शिक्षाको क्षेत्रमा केही नयाँ कुरा सिक्नु पर्ने बताउनु भयो ।

पहार ट्रष्ट नेपाल यूकेको ७० प्रतिसत र गल्याङ नगरपालिका ८ को ३० प्रतिसत गरि ६ लाख ७५ हजारमा निर्माण गरिएको बाविकास सिकाई कक्षाको उद्घाटन गरिएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal