बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
वालिङ,११ असार- स्याङ्जाको बिरुवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड ६२ लाख ६८ हजार ३ सय ८४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभा तथा बजेट अधिवेशनमार्फत उपाध्यक्ष भगवती शर्माले बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेट चालु आर्थिक वर्ष २०८२/०८३ को तुलनामा करिब ३ करोड रुपैयाँले बढी रहेको छ। गाउँसभाले उपाध्यक्ष शर्माद्वारा प्रस्तुत बजेट सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।
बजेटका लागि नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ करोड ५५ लाख रुपैयाँ रहने अनुमान गरिएको छ भने सशर्त अनुदानतर्फ २४ करोड ५७ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। त्यसैगरी सङ्घीय राजस्व बाँडफाँटबाट ७ करोड ४७ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।
प्रदेश सरकारतर्फ वित्तीय समानीकरण अनुदानबाट १ करोड ६ लाख ७३ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ७४ लाख ७४ हजार रुपैयाँ, समपूरक अनुदानबाट ६० लाख रुपैयाँ तथा विशेष अनुदानबाट ४० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। यस्तै सङ्घीय विशेष अनुदानबाट ९८ लाख रुपैयाँ र सङ्घीय समपूरक अनुदानबाट २ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले अघिल्लो वर्षको बचत रकम ३ करोड ८६ लाख रुपैयाँ तथा आन्तरिक आयबाट १ करोड ८ लाख १३ हजार रुपैयाँ संकलन हुने अनुमान गरेको छ।
कूल बजेटमध्ये ३६ करोड ७२ लाख २१ हजार ३ सय ८४ रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ, जुन कुल बजेटको ६९ दशमलव ७३ प्रतिशत हो। यस रकमबाट कर्मचारी तथा शिक्षकहरूको तलबभत्ता, कार्यालय सञ्चालन खर्च र जनप्रतिनिधिहरूको सेवा–सुविधा व्यवस्थापन गरिने जनाइएको छ।
विकास निर्माण तथा पूँजीगत खर्चतर्फ १५ करोड ६२ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३० दशमलव २८ प्रतिशत हुन आउँछ। पूँजीगत बजेटमध्ये भौतिक पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी ५१ दशमलव ४७ प्रतिशत बजेट छुट्याइएको छ। त्यसपछि सामाजिक विकास क्षेत्रमा २६ दशमलव ८५ प्रतिशत, आर्थिक विकास क्षेत्रमा १३ दशमलव ३३ प्रतिशत, संस्थागत विकास तथा सेवा प्रवाहमा ४ दशमलव २१ प्रतिशत तथा वन, वातावरण र विपद् व्यवस्थापन क्षेत्रमा ४ दशमलव १४ प्रतिशत बजेट विनियोजन गरिएको छ।

ताजा
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार
स्याङ्जामा सामाजिक सद्भाव र्याली
२०८३ श्रावण १७ गते, आईतवार
काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका
२०८३ श्रावण १६ गते, शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना
२०८३ श्रावण १४ गते, बिहीबार
‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’
२०८३ श्रावण १३ गते, बुधबार
पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि
२०८३ श्रावण १३ गते, बुधबार
नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….
२०८३ श्रावण ११ गते, सोमबार





















