पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
वालिङ,२ असार- स्याङ्जाको आँधीखोला गाउँपालिका अन्तर्गत म्हाजु भन्ज्याङ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सिरुबारी सामुदायिक घरबास पुग्ने मूल सडक किनारको यो स्थानमा पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ ।
शनिबार र आइतबार दुई दिन बिदा हुँदा यो ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ देखि यस ठाउँमा पर्यापर्यटनका माध्यमबाट स्थानीयलाई रोजगारीसँग जोड्ने गरी कार्यक्रम अगाडि सारिएको हो । बिदाका दिनमा झन्डै एक हजारभन्दा बढी पर्यटक सो ठाउँमा आउने गरेको अध्यक्ष पौडेलको भनाइ छ । म्हाजु भन्ज्याङमा पर्यापर्यटन उद्यान, माझकटेरी म्हाजु स्वागतद्वार, झुला, प्रतीक्षालय, म्हाजु भन्ज्याङ पर्यापर्यटन क्षेत्र आदि रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय मौलिक स्वाद पस्कनुका साथै स्थानीयस्तरमा उत्पादित वस्तुको बिक्रीका लागि कोसेलीघर पनि निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
आँधीखोला गाउँपालिका र स्थानीय युवाको साझेदारीमा यस ठाउँमा पूर्वाधार विकासका लागि झन्डै एक करोड रुपियाँ लगानी भइसकेको पालिकाले जनाएको छ । वडा कार्यालयले सार्वजनिक जमिनलाई भाडामा लगाएर ‘इको स्टे’ सञ्चालन गरेकाले स्थानीय १० जना युवाले रोजगारी पाएका वडाध्यक्ष पवनकाजी अधिकारीले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गको नागडाँडाबाट छोटो दुरीमा म्हाजु भन्ज्याङ पुग्न सकिन्छ । सडक पक्की भएपछि यहाँ घुम्न आउने पर्यटकलाई सहज भएको छ । सडक निर्माणपछि पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको स्थानीयको भनाइ छ ।

ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















