स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै वालिङ

मणी प्रसाद अर्याल

मंसिर,१५ वालिङ- वालिङ नगरपालिका स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गइरहेको छ । सुत्केरी महिलाहरुको शल्यक्रिया,पालिकाभित्रका नागरिकहरुको निशूल्क क्षयरोग स्क्रिनिङ,निशूल्क आँखा जाँच तथा शल्यक्रिया लगायतका कामहरु गर्दै आइरहेको नगरपालिकाले वडागत रुपमा नर्सहरु परिचालन गरी नागरिकहरुको निरन्तर स्वास्थ्यजाँच गर्दै आइरहेको छ ।

नगरपालिकाले बिहीबार वालिङ नगरपालिका ३ माझकोटमा रहेको माझकोट स्वास्थ्यचौकीमा बृहत स्वास्थ्यजाँच शिविर सञ्चालन गरेको छ ।

ग्रामिण क्षेत्रका नागरिकहरुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै उनीहरुलाई सहज स्वास्थ्यसेवा प्रवाह गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको हो ।

शिविरमा निशुल्क वृहत प्रजनन स्वास्थ्य,आँखा शिविर,पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ लगायतका परिक्षण र उपचार गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै शिविरमा महिलाहरुको आँङ खस्ने समस्या,यौन रोग उपचार तथा एचआइभी परिक्षण,ग्रामिण अल्ट्रासाउण्ड र दन्त परिक्षण गरिएको छ ।

शिविरको उद्घाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले नागरिकको स्वास्थ्यप्रति नगरपालिका अत्यन्तै सचेत रहेको बताउनुभयो ।

उहाँले नागरिकले आफूहरुलाई दिएको जिम्मेवारी सार्थक रुपले बहन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनप्रतिनिधिहरुले भाषणमा भन्दा काममा प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

नगरप्रमुख खाँणले वालिङ नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरिरहेको जानकारी दिँदै नगरमा उपलब्ध स्रोत,साधन र जनशक्तिको उपयोग गरी देशैभरीमा नागरिकमुखी काम गरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह्रेले शिविर सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाको निरन्तर कार्यक्रम रहेको बताउनुभयो ।

नागरिकलाई सेवा प्रदान गर्न आफूहरु निर्वाचित भएको स्मरण गर्दै स्वास्थ्य,विकास निर्माण तथा अन्य विविध सेवाहरु नागरिकको घरदैलोमा नै प्रवाह गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा नगरले नागरिकमूखी कार्यक्रमहरु तय गरेको उल्लेख गर्दै स्वस्थ नागरिकहरु भए नगरको समृद्धि धेरै पर नभएको स्पष्ट पार्नुभयो । नागरिकको स्वास्थ्य अब्बल बनाउने जिम्मेवारी नगरले लिने प्रतिवद्धता व्यक्त गर्दै उपप्रमुख तिवारीले सबै मिलेर नगरपालिकालाई आर्थिक,सामाजिक तथा सर्वपक्षीय रुपमा समृद्ध बनाउन आग्रह र विश्वास व्यक्त गर्नुभयो ।

शिविरमा जम्मा १ सय ३१ जना नागरिकहरुले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानरकारी दिनहुभयो ।

पाण्डेका अनुसार ९३ जनाले आँखा सम्बन्धी सेवा लिएका छन् । त्यस्तै ६७ जनाले दाँत तथा ५० जनाले स्त्रीरोगको सेवा लिएका छन् ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal