फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

वालिङ,५ असार- जिल्लामा छुट्टै पहिचान बनाउन सफल फेदीखाेला गाउँपालिकाले माैरी दिवस मनाएकाे छ।कृषिकाे माध्यमबाट पालिकालाई समृद्ध बनाउने याेजना अनुसार अगाडि बढेकाे पालिकाले कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै मौरीपालन ब्यावसायलाई व्यवस्थित गर्ने उद्देश्यका साथ मौरीसम्बन्धी अनुगमन सफ्टवेयरको उद्घाटन गर्दै बिहीबार प्रथम मौरी दिवस मनाएको हाे। 

कृषि, प्रविधि र उत्पादन व्यवस्थापनलाई एकै प्रणालीमा आबद्ध गर्ने फेदीखोला गाउँपालिकाकाे यो अभियान ग्रामीण कृषि विकासको लागि एउटा महत्वपूर्ण उदाहरणका रुपमा स्थापित भएकाे छ। 

गाउँपालिकाले मौरीपालनलाई केवल आयआर्जनको माध्यम मात्र नभई कृषि उत्पादनमा वृद्धि, वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणसँग जोडेर याे कार्यलाई अगाडि बढाएकाे गाउँपालिका अध्यक्ष घनश्याम सुवेदिले बताउनुभयाे। अध्यक्ष सुवेदिले भन्नुभयाे,” मौरीले बाली तथा फलफूलका बिरुवामा परागसेचन बढाई उत्पादनमा समेत प्रत्यक्ष योगदान पुर्‍याउने भएकाले फेदीखोला गाउँपालिकाले मौरीमैत्री कृषि प्रणालीलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकाे छ।”

कार्यक्रममा मौरीपालन अनुगमन प्रणाली सम्बन्धी सफ्टवेयरकाे उत्घाटन गरिएको थियो । सफ्टवेयरमार्फत काम गर्न थालेपछि डिजिटल प्रविधिको प्रयोग गर्दे मौरीपालक कृषकहरूको सूचीकरण, घार तथा गोला वितरणको विवरण, फलफूलका बिरुवा वितरण, उत्पादनको अवस्था तथा अनुदानबाट प्राप्त उपलब्धिको तथ्याङ्क राख्न सहज हुने गाउँपालिकाले जनाएकाे छ। 

कार्यक्रममा भूमि सेवा नेटवर्कका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले नेपालमै पहिलोपटक मौरीपालन अनुगमन प्रणालीको सफ्टवेयर फेदीखोला गाउँपालिकाबाट सुरु गरिएको जानकारी दिनुभयो। उहाँले फेदीखोलाको यो अभ्यासलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी भइरहेको बताउँदै कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगले योजना निर्माण, अनुगमन र मूल्याङ्कनलाई थप प्रभावकारी बनाउने बताउनुभयो। फेदीखोलाले मौरीपालनलाई कृषि प्रणालीसँग एकीकृत गर्दै कृषकको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा आईपीएम कृषक पाठशाला, ग्राफ्टिङ तालिम, रानी मह उत्पादन तथा आधारभूत मौरीपालन तालिममा सहभागी कृषकहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट हुने गरी ११० जनालाई प्रमाणपत्र प्रदान गरिएको पालिकाले जनाएको छ। त्यसैगरी, आधारभूत मौरीपालन तालिम प्राप्त गरेका २० कृषकलाई प्रतिव्यक्ति दुईवटा दरले ४० वटा मौरीघार वितरण गरिएको छ। आईपीएम कृषक पाठशालामा सहभागी कृषकहरूका लागि ५० प्रतिशत अनुदानमा ६४ वटा मौरीघार उपलब्ध गराइएको थियो। यसले कृषकलाई व्यावसायिक मौरीपालनतर्फ आकर्षित गर्नुका साथै कृषि उत्पादन वृद्धि र आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सेरेना जातकाे मौरीकाे मह प्रदर्शनी, स्थानीयस्तरमा उत्पादित तरकारी तथा कृषि उपजको प्रदर्शनी एवं बिक्री वितरण गरिएको थियो। स्थानीय कृषहरुलेकले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनीले कृषि उत्पादन र बजारीकरणबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो। 

ताजा

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal