दलित समुदायको परम्परागत सिपको संरक्षण गर्दै वालिङ नगरपालिका
मणी प्रसाद अर्याल
वालिङ,२० असार- वालिङ नगरपालिका दलित समुदायको परम्परागत सिपको संरक्षणमा लागेको छ । पछिल्लो समय आधुनिकता र नयाँ पुस्ताको परम्परागत सिपमा रुचि कम हुँदै गएका कारण दलित समुदायको परम्परागत सिप विस्तारै हराउँदै जान थालेका बेला नगरपालिका भने परम्परागत सिप संरक्षणमा जुटेको हो । वालिङ नगरपालिकाले दलित समुदायको लागि पञ्चे बाजाका सेट, सिलाई मेसिनहरु प्रदान गरेको हो ।
विभिन्न धार्मिक कार्यमा विशेष गरी विवाह प्रतबन्धमा प्रयोग हुँदै आएको पञ्चेबाजा पछिल्लो समय आधुनिकताका कारण र नयाँ पुस्तामा पुख्र्यौली पेशामा रुचि कम हुँदै जान थालेपछि पञ्चेबाजा लोप हुँदै जान थालेको छ । नगरपालिकाले भने दलित समुदायलाई आयआर्जन संग जोड्न तथा परम्परागत पुख्यौली पेशालाई निरन्तरता दिन चाहानेहरुका लागि अनुदानमा पञ्चेबाजा र सिलाई मेसिनहरु प्रदान गरेको उपप्रमुख कविता तिवारीले बताउनुभयो ।

उपप्रमुख तिवारीले भन्नुभयो, ‘हामी दलित समुदायको जिवनस्तरलाई माथि उठाउनका लागि विभिन्न कार्यक्रम गरेकाछौँ । दलित समुदायले गर्दै आउनुभएको परम्परागत पेशा व्यवसायलाई आधुनिकिकरण गरी अगाडि बढाउनका लागि आधुनिक खालका सिलाई मेसिनहरु उपलब्ध गराएकाछौँ ।’ नगरमा पछाडिपरेका समुदायलाई आर्थिक रुपमा सबल तथा सक्षम बनाउन आवश्यक सहयोग गर्दै आएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले नगरभित्रका पञ्चे बाजा बजाउने समुह, शिलाई व्यवसाय गर्दै आउनुभएका उद्यमीहरुका लागि मागको आधारमा आधुनिक शिलाई मेसिनहरु उपलब्ध गराईएको बताउनुभयो । नगरभित्रका ६७ जनाले उक्त उपकरणहरु लगेका छन् । एक समुहलाई पञ्चेबाजा सेट, ६ जनालाई जुत्ता शिलाउने आधुनिक मेसिन २८ जनालाई कपडा सिलाउने मेसिन र अन्यले आरन पंखा, वल्डीङ मेसीन र जस्तापाता प्राप्त गरेका छन् ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















