वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

वालिङ,१ असाेज- वालिङ नगरपालिका–६ पाडेटारीमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

बिहीबार दिउँसो मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग.१ ज. ८४३७ नम्बरको ईभी हाइस र विपरीत दिशाबाट आउँदै गरेको लु.९६ प. ५९४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।

दुर्घटनामा मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारी र मोटरसाइकलमा सवार सोही ठाउँका २३ वर्षीय सरोज विक घाइते भएका छन्। अधिकारीको टाउको र अनुहारमा चोट लागेको छ भने विकको बायाँ हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

 घाइते दुवै जनालाई गह्राै प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ।

 हाइस चालक स्याङ्जाको भिरकोट नगरपालिका–८ रिपका करिब ४९ वर्षीय चोकबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक 

रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal