सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा अवरुद्ध हुने

फाइल तस्विर:

लुम्बिनी,२० चैत- सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ ।

सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट खस्ने भएकाले सडक सञ्चालन गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा अर्को सूचना जारी नभएसम्म बन्द रहने सडकमा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन सञ्चालनमा भने अवरोध नहुने गरी कार्य गर्न सम्बन्धित योजना कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal