सूर्योदय वोमी लघुवित्तद्वारा बायाँटारीमा ब्यवसायिक च्याउ खेती तालिम

वालिङ,२९ चैत- सूर्योदय वोमी लघुवित्तले वालिङ नगरपालिका १३ बायाँटारीमा आज एक कार्यक्रमको बीच आफ्ना सदस्यहरुलाई एक दिने वित्तीय साक्षरता तथा ब्यवसायिक च्याउ खेती गर्ने तालिम प्रदान गरेको छ । सूर्याेदय वाेमी लघुवित्त संस्थाकाे बायाँटारी शाखाले आफ्ना सदस्यहरुलाई लक्षित गरेरे साे कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिम मार्फत सिप प्रदान गर्न संस्थाले पहल गरेको हाे।
वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वालिङ नगरपालिका १३ का वडा अध्यक्ष नमलाल डुम्रे,वडा सदस्य लाल वहादुर थापा ,जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा अकला आवाज साप्ताहिकका सम्पादक ध्रुव गौडेल लगायतले अहिलेको वित्तीय अवस्था संगै लघुवित्तले गरेका सकरातमक कार्यहरूका साथै समस्याका विषयमा आ आफ्ना धारणा राख्नुभएकाे थियाे।
कार्यक्रममा क्षेत्रीय प्रमुख अमित क्षेत्रीले आफ्ना सदस्यहरुलाई वित्तीय क्षेत्रका बारेमा जानकारी गराउनु भएकाे थियाे।
ब्यवसायिक च्याउ खेती तालिमका प्रशिक्षक द्वय गोविन्द प्रसाद शर्मा र हुम वहादुर कुमालले पराल धुने पकाउने देखि बीउ राख्ने लगायतका विषयमा प्रयोगात्मक हिसाबले सदस्यहरुलाई अभ्यास गराउनुभएकाे थियाे ।
तालिमका सहभागी सदस्यहरुले बोल्दै सीप सिकेपछि लिएको कर्जा मार्फत आय आर्जन गर्न सहयोग पुग्ने र संस्थाले अझ बढी यस्ता तालिमहरु आयोजना गरेको खण्डमा सत प्रतीशत ऋणि हरुको आर्थिक स्तर माथी उठ्ने बताएकाथिए।
सूर्याेदय वाेमी लघुवित्त वित्तीय संस्थाका अनुगमन अधिकृत दिपक अधिकारीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको अध्यक्षता सदस्य राधिका भण्डारीले गर्नुभएकाे थियाे भने बायाँटारी शाखा प्रमुख राजु नेपालीकाे सञ्चालन संगै सुरु भएकाे कार्यक्रममा करिव १०० जना सदस्यहरूकाे सहभागिता रहेकाे थियाे।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार