आयोजक निलोले जित्यो प्रथम वालिङ गोल्ड कपको उपाधी
खेलकुदले दक्ष नागरिक उत्पादन गर्छ नगरप्रमुख: खाँण
गाेपाल जिटी
वालिङ,७पुस- स्याङ्जाको वालिङमा सञ्चालित पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । गत पुस ३० गतेदेखि सुरु भएको पहिलो वालिङ गोल्ड कपको फाइनल खेल शनिबार सम्पन्न भएको हो ।
वालिङ युनाइटेड क्लवले आयोजना गरेको जिल्लामै पहिलो ठूलो धनराशीसहितको प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिताको उपाधी आयोजक निलोले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा आयोजक निलोले पाहुना टीम एभिनिर फुटवल क्लव क्यामरुन (अफ्रिका)लाई तीनका विरुद्ध चार गोल गर्दै उपाधी जितेको हो । उपाधी जीतका लागि दुवै टीम कडा प्रतिस्पर्धाका साथ खेलेका थिए ।
निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइबेकरमा आयोजक निलोका क्याप्टेन लक्ष्मण रुचालको प्रहार बाहिरिए पनि स्ट्राइकर सुवास गुरुङ, विश्वास श्रेष्ठ, टीकराज गुरुङ र विशु थापाले गोल गर्न सफल हुँदा उपाधी जित्नका लागि पर्याप्त भयो । यसैगरी एभिनिरका लागि एमबोमी जीन, एनगुइम्स स्टेफने र विले फ्राङ्क गोल गर्न सफल भए । गुइनी म्यारी डेनिल र एव्डव रमानीको प्रहारलाई आयोजक निलोका गोलकिपर राजाबाबुले गोल हुनबाट कुशलापूर्वक बचाए ।
जीतसँगै आयोजक निलोले रु ५ लाख र उपविजेता बनेको एभिनिर फुटवल क्लव क्यामरुनले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
फाइनल खेलको पुरस्कार वितरण गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले खेलले मनोरञ्जनका साथै मुलुकका लागि सक्षम र दक्ष नागरिक उत्पादनमा भूमिका खेल्ने बताउनुभयो ।
नगर प्रमुख खाँणले यो प्रतियोगिताले फुटवल खेलमात्र नभएर अन्य खेलको सम्भावनालाई उजागर गरेको उल्लेख गर्नुभयो । उहाँले वालिङ नगरपालिकाले करिव ८५ लाख खर्च गरेर खेलमैदानको स्तरोन्नति गरेसँगै गत असाेज २८ देखि कार्तिक ३ गतेसम्म राष्ट्रिय महिला फुटवल प्रतियोगिता सम्पन्न गर्न सफल भएको स्मरण गर्नुभयो ।

प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगितामा दर्शकहरुको उत्साहजनक उपस्थितिले नगरपालिकालाई दवाव दिएको महसुस गराएको नगर प्रमुख खाँणले बताउनुभयो । उहाँले विभिन्न संघ संस्था र व्यक्तिहरुको जग्गालाई अस्थायीरुपमा समेटेर खेलमैदानको स्तरोन्नति गरेको उल्लेख गर्दै आगामी ५वर्षसम्म वालिङ खेलमैदानलाई रङ्गशालाकोरुपमा विकास गरिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रतियोगितामा विभिन्न विधामा सहभागी टीम तथा खेलाडीहरुसमेत पुरस्कृत भएका छन् । खेलअवधिभरको लिस्नु फुटवल क्लब रुपन्देही अनुशासित टिमबाट पुरस्कृत भयो । यसैगरी खेल अवधिभरको उत्कृष्ट खेलाडी आयोजक निलोका विश्वास श्रेष्ठ र सर्वाधिक गोलकर्ता अफ्रिकन खेलाडी टिम्बा टिम्बा बने । नवप्रतिभा युवा खेलाडी आयोजक रातोका रुपेश हमाल, उत्कृष्ट डिफेन्डर आयोजककै आशिष गुरुङ र उत्कृष्ट मिड फिल्डकर कमल थापा घोषित भए । उत्कृष्ट कोच दिलिप थापा र फरवार्डमा टिकाराज गुरुङ पुरस्कृत भए । त्यस्तै फाईनल खेलको उत्कृष्ट खेलाडी आयोजक निलोका गोलकिपर राजाबाबु थापा घोषित भए ।
प्रथम वालिङ गोल्ड कपमा आयोजकबाट दुई सहित ८ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा विभागीय क्लव नेपाल आर्मी, एपि एफ क्लव काठमाडौं, लिस्नु फुटवल क्लव कोटिहवा रुपन्देही, साहरा फुटवल क्लव पोखरा, एभिनिर फुटवल क्लव क्यामरुन र भरतपुर फुटवल क्लव चितवन तथा आयोजक निलो र रातो गरी ८ टीम सहभागी भएका हुन् ।
ताजा
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार





















