पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
गलकोट६, माघ– गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले अहिले पूरै समय कृषिमा लगाउनुभएको छ ।
बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गर्नुभएका उहाँ अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आउनुभएको छ । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२÷६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गर्नुभएको थियो । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो ।
समय बदलिएसँगै उहाँका केही सहयात्री पार्टी परित्यागमा लागे, केही राष्ट्रिय जनमोर्चामा छन् तर उहाँ अहिले कुनै दलमा हुनुहुन्न । उहाँ अहिले आफ्नो जन्मगाउँ फर्केर सुन्तला खेतीमा लाग्नुभएको छ ।
विसं २०७४ मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा बागलुङ क्षेत्र नं २ (२) बाट प्रत्यक्ष निर्वाचन जित्नुभएका थापाले आफ्नो पाँचवर्षे कार्यकालसमेत पूरा गर्न पाउनु भएन । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार फेरबलदको समयमा उहाँलाई आफ्नै पार्टी राष्ट्रिय जनमोर्चाले कारबाही गरेर तीन वर्षमै पदबाट हटाएपछि उहाँ गाउँ फर्किनुभएको हो ।
तत्कालीन काँग्रेससहितको गठबन्धनलाई सहयोग नगरेपछि पार्टीले कारबाही गरेको थापाको भनाइ छ । थापा पार्टीबाट निष्कासनविरुद्ध सर्वोच्च अदालत गए पनि फैसला अझै आएको छैन ।
“कृषिमा मेरो अहिलेको मात्रै लगाव हैन, राजनीतिमा लाग्दासमेत थियो, जब प्रदेशसभा सदस्य भए बसाइ बढी पोखरामै भयो, प्रदेशसभा सदस्य भए पनि कृषिमा समय दिन पाइनँ, घरमाथिका ५० सुन्तलाका बोटले स्याहार पाएनन्”, उहाँले भन्नुभयो, “जब पद गयो, त्यसपछि तत्कालै गाउँ फर्केर कृषिको सपना पूरा गर्न थाले, पुराना ५० बोटलाई मलजल गरे, नयाँ जग्गामा सुरुआतमै दुई सय ५० बोट सुन्तला लगाए, पछिल्लो वर्ष पुनः दुई सय बोट थपे, हुर्कन लागेका बोट स्याहार गर्दै नयाँ बोट थप्दै आएको छु, केही तरकारी खेतीसमेत गर्दै आएको छु ।”
उहाँले झन्डै १० रोपनी जग्गामा सुन्तला खेती गर्नुभएको छ । थापाले प्लाष्टिक टनेलसमेत बनाएर तरकारी खेती गर्न थाल्नुभएको छ । गाउँमा सुन्तलाखेती विस्तारमा समेत अगुवाइ गर्दै आउनुभएका थापाले सर्कुवालाई सुन्तला गाउँका रुपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताउनुभयो ।
“आर्थिक रुपमा सबल हुन कृषि कर्ममै लाग्ने निधोसहित घर फर्किएको हुँ”, थापाले भन्नुभयो, “पहिलैका बोटमा फलेका सुन्तला केही बिक्री गरेर यस वर्ष रु ५० हजार कमाएँ, रु ५० हजारका सुन्तला अझै छन्, यो सुरुआती चरण हो, वार्षिक रु चार÷पाँच लाख कमाउने लक्ष्यका साथ सुन्तलासँगै तरकारीखेती विस्तारमा समेत लागेको छु, अब आर्थिक परिवर्तनमा लाग्न आवश्यक देखेँ ।”
सर्कुवाकै अर्का सुन्तला किसान अमृत सेवेदीले यस वर्ष सुन्तला बिक्रीबाटै रु तीन लाख ५० हजार कमाएको बताउनुभयो । सुवेदीको अहिले सुन्तला फल्ने र हुर्कंदै गरेकासहित आठ सय सुन्तलाका बोट छन् । अहिले सुवेदीको सुन्तला बगैचाका तीन सय बोटले उत्पादन दिइरहेका छन् । बिहुँ, सिगाना, भकुण्डे, तित्याङसँगै जैमिनीको सर्कुवा सुन्तला खेतिका लागि प्रख्यात छ ।रासस
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















