श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

काठमाडौं,२६ असार- नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि करार सेवामा कार्यरत श्रमजीवी पत्रकारलाई सेवाबाट हटाउने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका सचिव रमेश खतिवडा द्वारा जारी प्रेस विज्ञप्तिमा गोरखापत्र संस्थानमा २०औँ वर्षसम्म करार सेवामा कार्यरत पत्रकारहरूको म्याद यही असार मसान्तमा सकिन लागेको उल्लेख गर्दै संस्थानले करार नवीकरण नगरी नयाँ भर्नाका लागि विज्ञापन खुलाएकोप्रति आपत्ति जनाइएको छ।

महासंघले ‘गोरखापत्र संस्थान सेवा शर्त विनियमावली, २०८२’ अनुसार करार नियुक्ति गर्दा कार्यविधि बनाएर सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै वर्षौँदेखि कार्यरत पत्रकारलाई हटाएर नयाँ भर्ना प्रक्रिया अघि बढाउनु श्रमको सम्मान र विनियमावलीको भावना विपरीत भएको जनाएको छ।

यस्तै, राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल र नेपाल टेलिभिजनमा समेत करार सेवामा कार्यरत पत्रकारहरूको सेवा असुरक्षित बन्दै गएको उल्लेख गर्दै सरकारले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्ने महासंघको माग छ।

महासंघले तत्काल नयाँ विज्ञापन प्रक्रिया रोक्न, वर्षौँदेखि कार्यरत श्रमजीवी पत्रकारहरूको करार नवीकरण गर्न तथा पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

साथै, आफ्ना मागप्रति बेवास्ता गरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत महासंघले दिएको छ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal